menu bar

Sunday, November 22, 2015

शत्रुको खप्परलाई सिरानी बनाउने डरलाग्दो जातिलाई बदल्यो सुसमाचारले



ख्रीष्टाब्द १९३५ मा क्यानडामा जन्मेका डन रिचार्डसन मिसनरी, शिक्षक, लेखकसाथै प्रभावशाली वक्ता हुन् १९६२ मा तिनी आफ्नी पत्नी क्यारोल सात महिनाको शिशुलाई लिएर पपुआ न्युगिनी गए जुन इन्डोनेसियाको पश्चिममा पर्छ

मिसनरीको रूपमा रिचार्डसन येशू ख्रीष्टको सुसमाचार लिएर न्युगिनीमा बस्ने सवी भन्ने आदिवासीको बिचमा गएका थिए यो एउटा क्रूर जाति थियो; तिनीहरूले मान्छेको शिकार गर्थे; मान्छेको मासु खाने गर्थे शत्रुका खप्परलाई सिरानी बनाउँथे त्यस्ता गँवारहरूको बिचमा बसेर सेवाकार्य गर्न सजिलो थिएन तिनीहरूलाई स्वास्थ्यसम्बन्धी ज्ञान नभएकाले तिनीहरूको बिचमा बसेर सेवा गर्दा एकातिर रोगको सङ्क्रमणको डर हुन्थ्यो भने अर्कोतिर हिंसा तिनीहरूको संस्कृति थियो

सवी भाषा सिक्न निकै जटिल थियो तथापि अटुट अनुशासन कडा मेहनतको परिणाम स्वरूप रिचार्डसन स्थानीय भाषामा पोख्त भए तिनले बाइबलबाट गाउँलेहरूलाई येशूको महानतबारे बुझाउने कोसिस गरे तर तिनीहरूको फरक मूल्यमान्यताको कारणले तिनीहरूलाई बुझाउन मिसनरीलाई हम्मेहम्मे परिरहेको थियो तिनीहरूको दृष्टिकोणमा येशूलाई धोका दिने यहूदा इस्करियोत पो हिरो थियो, मानवजातिको पापको लागि मर्नुहुने येशू होइन तिनीहरूको संस्कृति छल कपटमा निर्माण भएकोले तिनीहरूको बुझाइ नितान्त फरक थियो

अन्तत: परमेश्वरले रिचार्डसनको मेहनतलाई कदर गर्नुभयो   त्यहाँका स्थानीयहरूले येशूको महानतालाई वास्तवमै बुझ्न सके सवी भाषामा अनुवाद गरिएको नयाँ करार छापियो धेरै स्थानीयहरूले येशूमाथि विश्वास गरे आज तिनीहरूको बिचमा मण्डली स्थापित छन् तिनीहरू सभ्यताको पाइलामा कदम चाल्दै छन्       

Leave Your Comments Here.