१
शमूएल १६:१९–२१ मा
अभिलिखित विवरणबाट प्रस्ट हुन्छ
कि राजा शाऊलले
दाऊदलाई चिनेका थिए, “यसैकारण
शाऊलले समाचार दिने मानिसलाई
यिशैकहाँ पठाए, र भेडा
चराउने तिनका छोरा दाऊदलाई
शाऊलकहाँ पठाउने हुकुम गरे
। यिशैले एक
मशक दाखमद्य र
एउटा पाठोसमेत रोटीले
लादिएको गधा आफ्नो
छोरा दाऊदसँग शाऊलकहाँ
पठाइदिए । दाऊद
शाऊलकहाँ आए, र
उनको सेवामा नियुक्त
गरिए । शाऊलले
तिनलाई खूबै प्रेम
गर्न लागे, र
तिनी शाऊलका हतियार
बोक्ने भए ।”
तर दाऊदले गोल्यतलाई
मारिसकेपछि दाऊदको विषयमा शाऊलले
जुन प्रश्न गरेका छन् त्यसबाट
राजाले दाऊदलाई चिन्दैनथ्ये जस्तो
देखिन्छ, “शाऊलले दाऊदलाई त्यस
पलिश्तीको विरुद्धमा गइरहेका देख्दा,
उनले आफ्ना सेनापति
अबनेरलाई सोधे, ‘अबनेर, त्यो
ठिटो कसको छोरो
हो ?’ अबनेरले भने,
‘हजूरका जीवनको शपथ खाएर
म भन्दछु कि
मलाई थाहा छैन
।’ राजाले अबनेरलाई
भने, ‘त्यो ठिटो
कसको छोरो रहेछ,
निधो गर’” (१
शमूएल १७:५५–५६) ।
यी दुई ओटा
विवरणलाई पढ्दा राजा शाऊलले
दाऊदलाई पहिले चिनेका थिए
तर पछि नचिनेको
जस्तो देखिन्छ ।
बाइबलका आलोचकहरूले यसलाई बाइबलमा
अन्तर्विरोध छ भन्ने
प्रमाणको रूपमा पेस गर्छन्
। वास्तविकता के
हो त ?
निस्सन्देह,
शाऊलले दाऊदलाई चिनेका थिए
। यदि तिनले
चिनेका थिएनन् भने तिनले
यसरी सोध्थे, “तिम्रो
नाउँ के हो
?” दाऊदले गोल्यतमाथि विजय हासिल
गरेपछि तिनका पिता को
रहेछन् भनी राजा
जान्न चाहन्थे ।
त्यसैले, राजाको प्रश्न थियो,
“त्यो ठिटो कसको
छोरो हो ?” दाऊदको
अद्भूत विजय देखेपछि
दाऊदको परिवारमा तिनीजस्ता अरू
वीर पुरुषहरू पनि
छन् कि भनेर
राजाले जान्न चाहेका थिए
। किनभने यो
जिज्ञासा शाऊलको नीतिसित मेल
खान्थ्यो “शाऊलको जीवनपर्यन्त पलिश्तीहरूसित
घमासान भइरह्यो । उनले भेट्टाएको
कुनै पनि बलियो
वा वीर मानिसलाई
शाऊलले आफ्नो काममा नियुक्त
गरिहाल्थे” (१ शमूएल
१४:५२) ।
तब
हामी उचित तवरले
निष्कर्ष निकाल्न सक्छौँ कि
यी दुई ओटा
प्रसङ्गमा अन्तर्विरोध छैन ।
यी दुई ओटा
विवरणहरूलाई तिनीहरूका आ–आफ्नै
सन्दर्भमा बुझ्दा ती जायजै
देखिन्छन् ।