menu bar

Wednesday, November 4, 2015

रोबर्टले जङ्गलमा बसेर नै नयाँ करारलाई स्थानीय भाषामा अनुवाद गरे



रोबर्ट मोर्स आफ्नो परिवारसँगै बर्मामा मिसनरी बनेर गएका थिए सेवाको क्रममा तिनी तिनको परिवार बर्माबाट निष्कासन गरिए त्यस बेला केही केटाकेटीहरू बिरामी थिए भने एक जना स्त्रीको बच्चा जन्माउने बेला आइपुगिसकेको थियो परिस्थिति प्रतिकूल भएकोले तिनीहरू अमेरिका फर्केर जान सकेनन् बाँच्नका लागि तिनीहरू पहाडहरूमा लुके अनि जङ्गलमा बसे यो प्रतिकूल परिस्थिति वर्षसम्म लम्बियो

तथापि मिसनरीको लागि यो अति नै महत्त्वपूर्ण उत्पादनशील अवधि साबित हुन पुग्यो तिनले नयाँ करारको बाइबललाई स्थानीय भाषामा अनुवाद गरेर सिद्धयाए न्याकेड नागासनाउँ गरेका जङ्गली जातिसित तिनीहरूको जम्काभेट भएको थियो जसले मान्छेलाई मार्ने गर्थे तर येशूको प्रेमद्वारा तिनीहरू पग्लिए केहीले येशूमाथि विश्वास गरे  

रिडर्स डाइजेस्ट नामक मासिक पत्रिकाले मोर्सको परिवारको बारेमा याक्सोडस टु हिडेन भ्याली नामक पुस्तक प्रकाशित गर्यो जसमा मोर्सको परिवारले भोगका त्यही वर्षको कहानीलाई बेसी जोड दिइएको थियो मिसनरीले भोगेका तिता मिठा अनुभवबारे प्रश्न गर्दा तिनले मुस्कुराउँदै जवाफ दिए, “यी प्रतिकूल समयमा पनि परमेश्वर सही नै हुनुहुन्थ्यो ” 



Leave Your Comments Here.