ख्रीष्टाब्द
१९५२–१९६० सम्म
अफ्रिकामा चलेको विद्रोहलाई माउ माउ क्रान्ति
भनेर चिनिन्छ ।
उक्त क्रान्तिको मध्यतिर
अर्थात् १९५६ मा
विद्रोहीहरूको एउटा दलले
लाउरी नाउँ गरेको
गाउँलाई घेराबन्दी गरी त्यहाँका
सबै ३०० जना
बासिन्दाहरूलाई मारे ।
मर्नेहरूमा स्त्रीहरू र केटाकेटीहरू
पनि थिए ।
हात–हातमा तरवार,
धनु, वाण, लाठी
र राँको बोकेका
ती विद्रोहीहरू तिन
माइल पर पर्ने
रिफ्ट
भ्याली
एकाडेमीतर्फ लागे
। उक्त एकाडेमी
मिसनरीका बाल बालिकाहरूका
निम्ति सञ्चालित ख्रीष्टियान स्कुल
थियो ।
अन्धकारपूर्ण
रात थियो ।
स्कुलको वरिपरि राँकाका ज्वालाहरूलाई
सजिलैसित देख्न सकिन्थ्यो ।
विद्रोहीहरूका चिच्च्याहटलाई टाढासम्म पनि सुन्न
सकिन्थ्यो । तिनीहरू
चर्को आवाज गर्दै
स्कुलको चारैतिर घेराबन्दी गरी
स्कुलतर्फ अगाडि बढे ।
तिनीहरू स्कुलको नजिकै आइपुगिसकेका
थिए । तर
तिनीहरूले आक्रमण गर्नै लाग्दा
तिनीहरू अकस्मात् रोकिए र
तिनीहरू पछाडि फर्की जङ्गलतर्फ
भागे ।
पछि
सेनालाई बोलाइयो अनि ती
आक्रमणकारीहरू पक्राउमा परे ।
जाँच पडताल सुरु
भयो । विद्रोहीहरूका
अगुवाचाहिँलाई न्यायाधीशले प्रश्न गरे,
“के त्यस रात
तपाईंहरूले लाउरीका बासिन्दाहरूलाई मार्नुभएकै
हो ?”
अगुवाले
जवाफ दिए, “हो
।”
न्यायाधीशले
पुन: सोधे, “त्यसो
भए तपाईंहरूले आफ्नो
मिसन किन पुरा
नगर्नुभएको त ? किन
तपाईंहरूले स्कुललाईचाहिँ आक्रमण नगर्नुभएको त”
अगुवाको
जवाफ विस्मयकारी थियो,
“हामी आक्रमणको लागि
अगाडि बढ्दै थियौँ
। त्यहाँका सबै
मानिसहरूलाई मारेर हामी स्कुललाई
नष्ट पार्न चाहन्थ्यौँ
। ... तर हामी
नजिकै पुग्दा अकस्मात्
हामीहरू र स्कुलको
बिचमा सेता पोशाक
लगाएका र हातमा
अग्निमय तरवार भिरेका बडेमाका
थुप्रै मानिसहरूलाई देख्यौँ हामीले
। त्यसपछि हामी
त्रसित भएर कुलेलाम
ठोक्यौँ ।”