रोबर्ट
जे. थोमस (ख्रीष्टाब्द
१८३९–१८६६) कोरियामा
सहिद हुने प्रथम
प्रोटेस्टेन्ट ख्रीष्टियान मिसनरी हुन्
।
१८३६
मा थोमस बेइजिङ
गए जहाँ तिनले
कोरियाका दुई जना
व्यापारीहरूलाई भेटे ।
ती व्यापारीहरूले तिनलाई
क्याथोलिक धर्ममा आएका मानिसहरूको
बारेमा बताए जससित
कुनै बाइबल थिएन
। थोमस स्कटल्यान्डको
बाइबल सोसाइटीको प्रतिनिधि
बनेर कोरियातर्फ लागे,
बाइबल बेच्नका लागि
।
पछि
थोमसले एउटा अमेरिकी
डुङ्गामा काम पाए
। त्यो डुङ्गा
कोरियाको चारैतिर यात्रा गर्दा
तिनले बाइबल वितरण
गर्ने गर्थे ।
तर पेङ्गयोङ्ग नजिकै
जब त्यो डुङ्गा
कोरियाको सेनाको विरुद्धमा युद्धमा
संलग्न भयो थोमस
आफूसित भएका बाइबलहरू
बोकी डुङ्गाबाट हाम्फाले
र तटमा रिसाएर
बसिरहेका मानिसहरूलाई तिनले ती
बाइबलहरू थमाइदिए ।
ती
बाइबलहरू नष्ट गर्न
कोरियाका अधिकारीहरूले मानिसहरूलाई आदेश दिए
। तर केही
मानिसहरूले बाइबलका पानाहरूलाई भित्ता
सिँगार्नको लागि भित्तामा
टाँसे । समत
बित्दै गयो ।
पछि केही मिसनरीहरू
त्यहाँ आउँदा तिनीहरूले मण्डली
स्थापना भइसकेको पाए ।
वास्तवमा
भित्ता सिँगार्न टाँसिएका ती
बाइबलका वचनहरूले केहीको ह्दयलाई
छोएका थिए ।
परिणामत: त्यहाँ मण्डली खडा
हुन पुग्यो ।
सही जमिनमा रोपिएको
बिउ त्यसै खेर
जाँदैन बरु त्यसले
दस गुणा, बिस
गुणा र तिस
गुणा फल फलाउँछ
।