बेन्जामिन
वेर आफ्नी पत्नी
क्यारोलसँगै पश्चिम एसियाली मुलुक
लेबानोनमा प्रभुको सेवा गर्दै
थिए । यी
दम्पती मिसनरी बनेर त्यस
देशमा गएका थिए
। तर मे
१९८४ मा बेन्जामिन
अकस्मात् अपहरणमा परे ।
इस्लामिक
जिहाद
(पछि यसको नाउँ
हेजबोल्लाह
राखियो) नाउँ गरेको
अतिवादी समूहले मिसनरीको अपहरण
गरेको थियो ।
अपहरणपश्चात्
बेन्जामिनलाई एकान्त ठाउँमा अवस्थित
साँघुरो कोठामा राखियो ।
आफ्ना पतिलाई फेरि
देख्ने हो कि
होइन भन्ने विषयमा
पत्नी क्यारोल अनिश्चित
थिइन् । त्यस्तो
कठिन परिस्थितिमा उनले
लेखेकी छन्, “महिनौँ बितिसकेका
छन्; कैयौँ बैठक
बसिसकेका छन् र
कैयौँ छलफल भइसकेका
छन् तर कुनै
परिवर्तन देखा परेको
छैन । कतै
परमेश्वर नै मौन
रहनुभएको छैन भन्ने
जस्तो लाग्यो मलाई
। यतिका महिनासम्म
बेन [बेन्जामिन] लाई के
हुँदै थियो ? यो
डरलाग्दो स्थितिको अन्त्य कहिले
हुने हो ?”
क्यारोलले
अमेरिकी प्रशासनलाई पनि घचघच्याइसकेकी
थिइन् । उनले
कैयौँ पटक व्यक्तिगत
निवेदन बिसाएकी थिइन् ।
तर पतिको अत्तोपत्तो
लागेको थिएन ।
उनले
बाइबलमा उल्लिखित एउटी विधवाको
कथालाई स्मरण गरिन् जहाँ
एक जना विधवाले
परमेश्वरको भय नमान्ने
र मानिसको वास्ता
नगर्ने अधर्मी न्यायाधीशको ढोका
निरन्तर रूपमा ढकढक्याइरहिन् ।
अन्तत: विधवाको दृढताको कारणले
न्यायाधीशले ढोका खोलिदिएको
छ । क्यारोललाई
आफू त्यही विधवाजस्तो
लाग्यो जसले वासिङ्गटनको
ढोका धेरै पटक
ढकढक्याएकी थिइन् ।
अन्त्यमा,
१६ महिनापश्चात् परमेश्वरले
क्यारोलको अन्तरबिन्तीलाई सुनेर जवाफ दिनुभयो
। बेन्जामिन मुक्त
भए । लेबानोनमा
३० वर्षसम्म मिसनरी
भएर बिताएका बेन्जामिन
मध्यपूर्वमा शान्ति र मिलापको
लागि संसारकै एक
प्रभावशाली आवाज बनेका
छन् ।