menu bar

Monday, November 23, 2015

बाइबलको वचनले क्रूर जातिलाई विनम्र जातिमा परिवर्तन गर्‍यो



ख्रीष्टाब्द १७९५ मा स्कटल्यान्डमा जन्मेका रोबर्ट मोफाट दक्षिण अफ्रिकामा मिसनरी भएर गएका थिए तिनी विख्यात मिसनरी डेभिड लिभिङ्गस्टोनका ससुरा हुन् तिनी सेत्सवाना नामक स्थानीय भाषामा बाइबल अनुवाद गर्ने प्रथम अनुवादक हुन् तिनले बाइबललाई स्थानीय भाषामा अनुवाद गरी त्यहाँका असभ्य मानिसहरूलाई बाइबल पढ्न सिकाए सुसमाचारले ती स्थानीयहरूको जीवनमा ल्याएको उल्लेखनीय परिवर्तनलाई तिनले अवलोकन गरे ती जङ्गली मानिसहरू पहिले क्रूर थिए तर अब तिनीहरूले आफ्ना शत्रु, कमजोर सहाराविहीनहरूलाई दया माया देखाउन थाले

एक दिनको कुरो हो एक जना स्थानीय बासिन्दा डोरीले बाँधेको एउटा कुकुरलाई लिएर दौडदै रोबर्टकहाँ आयो उसको भनाइ थियो, “मेरो सबैभन्दा राम्रो शिकारी कुकुर बर्बाद भएको यो तपाईंको कारणले गर्दा हो ”   

मोफाटले कुकुरलाई जाँच गरिसकेपछि जवाफ दिए, “ केही खराबी भएको देख्दिनँ

तर स्थानीयले भन्यो, “तर मलाई थाहा कि यसमा समस्या आएको तपाईंले मलाई दिनुभएको बाइबलका केही पानाहरूलाई यसले खाएको

त्यसपछि मोफाट बेसरी हाँसे, “त्यसले केही चोट पुर्याउँदैन

त्यस मान्छेले तर्क गर्यो, “अवश्य यसले चोट पुर्याउँछ मानिसको ह्दयमा बाइबलको वचन पुगेपछि यसले क्रूर योद्धालाई नम्र शान्त छिमेकीमा परिवर्तन गरेको मैले देखेको छु यदि यसले मान्छेलाई त्यसो गर्छ भने कुकुरलाई किन गर्दैन ? मलाई थाहा कि अब मेरो यो कुकुर कहिल्यै असल शिकारी कुकुर बन्दैन

Leave Your Comments Here.