तिनी
जन्मैदेखि भक्त हिन्दु
थिए यद्यपि तिनले
शिक्षा भने
भारतको न्यु दिल्लीस्थित
मिसनरी स्कुलमा पाएका थिए
। तिनले येशू
ख्रीष्टको बारेमा सिकेका थिए
र उहाँलाई स्वीकार
गर्ने निमन्त्रणा पनि
दिइएको थियो तिनलाई
। तर तिनले
येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाता
भनेर स्वीकार भने
गरिसकेका थिएनन् ।
चिकित्सा
क्षेत्रमा योग्य बनेपछि तिनले
अस्पतालमा काम गर्न
थाले । तिनी
अविवाहित थिए ।
तिनी अस्पतालको सामुन्ने
बस्थे र बिचमा
रेलको लिक पथ्र्यो
। तिनी रेलको
लिक पार गरी
दैनिक हिँडेर काम
गर्न जान्थे ।
यो
ख्रीष्टाब्द १९४० को
दसकको कुरो हो
। हरियो सिग्नल
पाउने बित्तिकै गुड्न
तयार भएर एउटा
रेल लिकमा बसिरहेको
थियो । तिनलाई
अस्पताल जान हतार
भइरहेको थियो ।
त्यसैले रेलका दुई ओटा
डिब्बालाई जोड्ने मुन्तिर भएको
खाली ठाउँबाट छिरी
तिनले अर्को किनारामा
जाने खतरा मोले
। तिनी अर्को
किनारमा पुग्न मात्र लाग्दा
रेल गुड्न थाल्यो
। तिनी फर्केका
भए या अगाडि
बढेका भए रेलको
चक्काले तिनलाई दुई टुक्रा
पारिदिन्थ्यो । विना
सोचविचार तिनले तुरुन्तै लिकमुनि
पल्टने निर्णय लिए ।
रेल तिनीमाथि कुदिरहँदा
तिनी डरले काम्दै
थिए । तिनले
परमेश्वरको उपस्थितिको महसुस गरे
र परमेश्वरले त्यसबाट
बचाउनुभएको खण्डमा तिनले आफ्नो
जीवन परमेश्वरमा अर्पण
गर्ने निधो गरे
। रेल गइसकेपछि
तिनलाई हेर्न आउने दर्शकहरूको
घुइँचो लाग्यो । दर्शकहरूको
लागि त्यो एउटा
विस्मयकारी घटना थियो
। तिनीहरूको बुझाइमा
तिनी मरेर बाँचेका
थिए ।
परमेश्वरले
तिनलाई शारीरिक रूपमा मात्र
नभएर आत्मिक रूपमा
पनि बचाउननुभयो ।
दिल्लीस्थित म्याथोडिस्ट मण्डलीको सन्डे
स्कुलका निर्देशकका रूपमा बिसौँ
शताब्दीको अन्त्यतिर तिनी प्रभुमा
सुते ।