यो
म्युटिनी
अन
द
बाउन्टी
नामक पुस्तकमा भएको
घतलाग्दो साँचो कथा हो
।
ख्रीष्टाब्द
१८८७ मा कप्तान विलियम ब्लाईको
नेतृत्वमा ताहिती नाउँ गरेको
टापूतर्फ एउटा पानी
जहाज प्रस्थान गर्यो
। दस महिनापश्चात्
उक्त जहाज आफ्नो
गन्तव्यमा पुग्यो र खजुरका
बिरुवाहरू बटुल्न तिनीहरूले त्यहाँ
६ महिना बिताए
। त्यस अवधिमा
त्यहाँका स्थानीय युवतीहरूसित नाविकहरूको
माया बसिसकेको थियो
। कप्तान ब्लाईले
नाविकहरूलाई जहाजमा चढी घर
फर्कन आज्ञा दिँदा
तिनीहरू मानेनन्, बरु तिनीहरूले
विद्रोह गरे ।
विद्रोहका अगुवा फ्लेचर र
तिनलाई साथ दिने
नाविकहरूले कप्तान र तिनका
मित्रहरूलाई एउटा डुङ्गामा
हाली महासागरमा होमिदिए
। तिनीहरू मर्नुपथ्र्यो,
तर मरेनन् ।
तिनीहरू कुशलसाथ इङ्गल्याण्ड आइपुगे
।
विद्रोहीहरूलाई
समात्न एउटा दल
उक्त टापूमा पठाइयो
र चौध जना
समातिए । तर,
नौ जनाचाहिँ पिटकैर्न
नामक टापूमा भागिसकेका
रहेछन् । त्यस
टापूमा तिनीहरू यति बिग्रिए
कि त्यस ठाउँलाई
तिनीहरूले नरक बनाए
। त्यहाँ उपलब्ध
बिरुवाबाट बनाएका रक्सी सेवन
तिनीहरू बिग्रनुको मुख्य कारण
थियो । झगडा,
मद्यपान, हत्या तिनीहरूका जीवनका
सामान्य क्रियाकलापहरू बनेका थिए ।
तिनीहरूका चरित्रहीन व्यवहारको कारणले
कोही मारिए भने
कोही मरे र
अन्त्यमा अलेक्ज्याण्डर स्मिथ मात्र बाँचे
र तिनका साथमा
विधवाहरू र स–साना नानीहरू
मात्र बाँकी रहे
।
त्यसपछि
एउटा अनौठो घटना
घटयो । एउटा
थोत्रो बाकसमा स्मिथले एउटा
बाइबल फेला पारे
। तिनले बाइबललाई
खुबै पढे, त्यसमाथि
विश्वास गरे र
वचनअनुसार जिउन थाले
। वचनले तिनको
जीवनमा यस्तो क्रान्ति ल्याइदियो
कि ती विद्रोही
र डाँका भनेर
चिनिने स्मिथ सन्तको रूपमा
रूपान्तरण भए ।
ती बच्चाहरू र
विधवाहरूलाई पनि तिनले
वचन सिकाए ।
समय
बित्दै गयो ।
ती बच्चाहरू ख्रीष्टियान
बने । त्यस
समुदायले अत्यधिक उन्नति गर्दै
गयो । झण्डै
बीस वर्षपछि एउटा
अमेरिकी पानी जहाज
त्यस टापूमा आइपुग्यो
जसले यूरोप र
इङ्गल्याण्डमा खुसीको खबर पुर्यायो
। ब्रिटिस सरकारले
दण्ड दिने मनसाय
त्यागिदियो । त्यो
ख्रीष्टियान समुदाय भइसकेको थियो
। त्यहाँ कुनै
रोग, पागलपना, अपराध,
निरक्षरता थिएन ।
जीवन सुरक्षित थियो
। नैतिक स्तर
संसारका अन्य कुनै
ठाउँको भन्दा त्यहाँको उच्चतर
थियो । के
ले यो अविश्वसनीय
परिवर्तन ल्यायो ? बाइबल ।
(नोट:
कमल अधिकारीद्वारा लिखित
पुस्तक प्राचीन बाइबलका
लागि
आधुनिक
साक्षीहरूबाट साभार)