जहाँसुकै
हामी परमेश्वरको वचनलाई
विशुद्ध रूपमा प्रचार गरिएको
र सुनिएको देख्छौँ
त्यहाँ परमेश्वरको मण्डली अस्तित्वमा
हुन्छ, यद्यपि त्यहाँ थुप्रै
त्रुटिहरू नै किन
नहोऊन् ।
जोन काल्भिन,
ईश्वरशास्त्री,
लेखकसाथै
पास्टर
तपाईं
मण्डलीप्रति समर्पित हुनुभई ख्रीष्टप्रति
समर्पित नहुन सक्नुहुन्छ
। तर तपाईं
ख्रीष्टप्रति समर्पित नहुनुभई मण्डलीप्रति
समर्पित हुन सक्नुहुन्न
।
जोएल ओस्टिन,
मण्डली
सभाहरूमा हुने विश्वासयोग्य
उपस्थितिले यस्ता आशिष्हरू ल्याउँछ
जुन तपाईंले अन्य
कुनै पनि तरिकाले
प्राप्त गर्न सक्नुहुन्न
।
एज्रा टी.
बेनसन
मण्डली
मानव–जातिको लागि
खडा हुँदा मात्र
यो साँचो अस्तित्व
बनेको हुन्छ ।
डाइट्रिच बोनहफर,
ईश्वरशास्त्री,
पास्टरसाथै
लेखक
मण्डली
परमेश्वरका सन्तानको जमघट हो
जहाँ तिनीहरूलाई बच्चालाई
जस्तै मदत गर्न
सकिन्छ र खुवाउन
सकिन्छ अनि तिनीहरूलाई
आमाले जस्तै हेरचाह
गर्न सकिन्छ ।
त्यसपछि तिनीहरू विश्वासको परिपक्वतामा
बढ्छन् ।
जोन काल्भिन,
ईश्वरशास्त्री,
लेखकसाथै
पास्टर
जसरी
परमेश्वरको इच्छा सृष्टि हो
र यसलाई “संसार”
भनिन्छ, त्यसै गरी उहाँको
मनसाय मानिसहरूको उद्धार
हो जसलाई “मण्डली”
भनिन्छ ।
क्लेमेन्ट (अलेक्ज्यान्ड्रियाका),
मण्डली–पिता,
ईश्वरशास्त्री
मण्डली
मात्र एउटा यस्तो
संस्था हो जसलाई
परमेश्वरद्वारा अलौकिक रूपमा योग्य
तुल्याइएको छ ।
यो एउटा यस्तो
संस्था हो जसको
बारेमा येशूले प्रतिज्ञा गर्नुभयो
कि नरकका ढोकाहरू
यसमाथि विजयी हुनेछैनन् ।
चाल्र्स कोलसन,
वकिलसाथै
लेखक
जहाँ
परमेश्वरको मण्डली हुन्छ त्यहाँ
परमेश्वरका आत्मा हुनुहुन्छ र
जहाँ परमेश्वरका आत्मा
हुनुहुन्छ त्यहाँ मण्डली र
सारा अनुग्रह हुन्छ
।
आइरेनियस, रक्षाशास्त्री,
बिशपसाथै
मण्डली–पिता
ख्रीष्टियान
मण्डली धर्मीहरूको सभा होइन
। यो त
त्यस्ताहरूको समाज हो
जो असल छैनन्
भनी तिनीहरू जान्दछन्
।
डी. ई.
स्टिभेन्सन
पृथ्वीमा
मण्डली मात्र एउटा यस्तो
समाज हो जुन
गैरसदस्यहरूको फाइदाको लागि अस्तित्वमा
छ ।
विलियम टेम्पल
सहिदहरूको
रगत मण्डलीको बिउ
हो ।
तर्तुलियन, लेखकसाथै
रक्षाशास्त्री
मण्डलीले
विनम्रताको बारेमा सिक्नुपर्छ र यसलाई
सिकाउनैपर्छ ।
जर्ज बर्नाड
सा,
नाटककार,
समालोचकसाथै
समाजवादी
मण्डली
कुनै उद्देश्यको लागि
नभई ख्रीष्टमा मानिसहरूलाई
खिँच्न, तिनीहरूलाई साना ख्रीष्टहरू
बनाउन अस्तित्वमा छ
। यदि यसले
त्यसो गरिरहेको छैन
भने सबै मण्डली
भवन, पादरी, मिसन,
प्रवचन, र बाइबल
आफै पनि समयको
बर्बादी मात्र हुन् ।
परमेश्वर मानिस बन्नुभयो, अरू
कुनै उद्देश्यको लागि
होइन ।
सी. एस.
लेविस,
रक्षाशास्त्री,
उपन्यासकारसाथै
समालोचक
साँचो
मण्डली कहिल्यै असफल हुन
सक्दैन । किनकि
यो चट्टानमाथि बसालिएको
छ ।
टी. एस.
एलिअट