यहूकल
बाइबलको पुरानो करारमा उल्लिखित
एक जना दरबारिया
कर्मचारीको नाउँ हो
। बाइबलमा तिनको
नाउँ केवल दुई
पटक उल्लेख भएको
पाइन्छ (यर्मिया ३७:३
र ३८:१)
।
यर्मिया
३७:३ मा
लेखिएको छ, “सिदकियाह
राजाले शेलेम्याहका छोरा यहूकल
र मासेयाहका छोरा
सपन्याह पूजाहारीसित यर्मिया अगमवक्ताकहाँ
यसो भनेर पठाए,
‘हाम्रा निम्ति परमप्रभु हाम्रा
परमेश्वरलाई प्रार्थना गरिदेऊ’ ।”
दोस्रो खण्डले भन्छ, “मत्तानका
छोरा शपत्याह, पशहूरका
छोरा गदल्याह, शेलेम्याहका
छोरा यहूकल र
मल्कियाहका छोरा पशहूरले
यर्मियाले सबै मानिसहरूलाई
यसो भन्दै गरेका
सुने” (यर्मिया ३८:१)
। यी दुई
ओटा खण्डहरूबाट प्रस्ट
छ कि ५८६
ख्रीष्टपूर्वमा बेबिलोनीहरूद्वारा यरूशलेमको मन्दिर नाश
गर्नुअगि यहूकल यहूदाका राजा
सिदकियाहको दरबारमा काम गर्ने
गर्ने एक वरिष्ठ
कर्मचारी थिए ।
ख्रीष्टाब्द
२००५ मा पुरातत्त्वविद्
इलट मजारले दाऊदको
सहरमा उत्खनन गर्ने
क्रममा माटोको एउटा छाप
फेला पारिन् जसमा
“सेभीका छोरा शेलेम्याहका
छोरा यहूकल” भनेर
लेखिएको छ ।
यो छैटौँ शताब्दी
ख्रीष्टपूर्व अर्थात् आजभन्दा २,६०० वर्ष
पुरानो छाप हो
जुन समयमा बाइबलीय
यहूकल यस धरतीमा
बाँचेका थिए ।
बाइबलका
आलोचकहरूले बाइबलको ऐतिहासिक विश्वसनीयतामाथि
आशङ्का गर्दै आएको भए
तापनि यो खोज
बाइबलीय पात्रको पुष्टि गर्ने
दरिलो प्रमाण हो
। पुरातात्त्विक खोजबाट
पुष्टि भएका बाइबलका
थुप्रै पात्रहरूमध्ये एक हुन्,
यहूकल । यस
खोजले बाइबलीय अभिलेखको
ऐतिहासिक सच्चाइलाई थप प्रमाणित
गर्ने काम गरेको
छ ।