menu bar

Tuesday, November 10, 2015

बाइबलीय वचनको प्राचीनतम अंश फेला पारियो



इस्राएलको तेल अभिभ विश्वविद्यालयमा पुरातत्त्वविद्या पढाउने प्राध्यापक गब्रिएल बार्के ख्रीष्टाब्द १९७९ मा प्राचीन यरूशलेमस्थित केतेफ हिन्नोम नाउँ गरेको पुरातात्त्विक क्षेत्रमा उत्खनन गर्दै थिए उत्खननको क्रममा तिनले त्यहाँ फेला पारेका थुप्रै महत्त्वपूर्ण प्राचीन सामग्रीहरूमध्ये तिनले चाँदीका दुई ओटा मुठ्ठाहरू पनि फेला पारे जसलाई केतेफ हिन्नोम रक्षा कवचहरू भनिन्छ यी मुठ्ठाहरू त्यहाँ लगभग सातौँ शताब्दी ख्रीष्टपूर्व अर्थात् आजभन्दा ,७०० वर्षअगितिर राखिएका थिए

संसारलाई छक्क पार्ने कुरोचाहिँ के हो भने ती मुठ्ठाहरूमा गन्ती :२४२६ का वचनहरू अभिलिखित छन् जहाँ पूजाहारीले दिने आशीर्वादलाई लेखक मोशाले उल्लेख गरेका छन्, “परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, तिमीहरूलाई रक्षा गरून् परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊन्, तिमीहरूलाई अनुग्रह गरून् परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, तिमीहरूलाई शान्ति देऊन्

हालसम्म पत्ता लागेको यो नै बाइबलीय वचनको प्राचीनतम अंश हो पञ्चग्रन्थ (उत्पत्तिदेखि व्यवस्थासम्म) निर्वासनपछिको उत्पादन हो भनी दाबी गर्ने लिबरल बाइबल आलोचकहरूलाई यस खोजले गतिलै झट्का दिएको यस खोजमायहोवेशब्दलाई प्रस्ट रूपमा लेखिएको जुन परमेश्वरको नाउँ हो यहोवेशब्दलाई उल्लेख गर्ने यो खोज दोस्रो प्राचीनतम सन्दर्भ हो हाल इस्राएल सङ्ग्रहालयमा राखिएका यी मुठ्ठाहरू मृत सागरका मुठ्ठहरूभन्दा पाँच सय वर्ष पुराना छन् बाइबल अध्ययनमा यो सर्वाधिक महत्त्वपूर्ण खोजहरूको सूचीमा पर्दछ   

Leave Your Comments Here.