menu bar

Friday, November 27, 2015

म्याकडोलले असम्भवजस्तो देखिने प्रार्थनाको जवाफ पाए



ख्रीष्टाब्द १९३९ मा अमेरिकामा जन्मेका जोस म्याकडोल ख्रीष्टियान रक्षाशास्त्री, सुसमाचार प्रचारकसाथै लेखक हुन् तिनी लगभग ११५ ओटा पुस्तकका लेखकसाथै सहलेखक हुन्

म्याकडोल क्यालिफोर्नियास्थित सेमिनारीमा अध्ययन गरिरहँदा तिनका पिता प्रभुको घरमा प्रस्थान गरेका थिए तिनकी आमाको वर्षौं पहिले नै निधन भइसकेको थियो तर आमाले उद्धार पाएकी थिइन् या थिइनन् भन्ने विषयमा म्याकडोल अन्योलमा थिए कतै उनले मुक्ति नै पाएकी थिइनन् कि भनेर म्याकडोल चिन्तित थिए

त्यसैले, तिनले प्रार्थना गरे, “हे प्रभु, मलाई कुनै तरिकाले तपाईंले जवाफ दिनुहोस् ताकि सामान्य अवस्थामा फर्कन सकूँ यो जान्न चाहन्छु लाग्थ्यो, यो एउटा असम्भव अनुरोध थियो

दुई दिनपश्चात् म्याकडोलले एउटी स्त्रीलाई भेटे जसले तिनलाई सोधिन्, “तपाईंको मूल घर कहाँ हो ?”

म्याकडोलको जवाफ थियो, “मिचिगनको युनियन सहरमा

स्त्रीले भनिन्, “त्यहाँ मेरो एक जना नातेदार थियो के तपाईंले म्याकडोलको परिवारलाई चिन्नुहुन्थ्यो ?”

छक्क पर्दै म्याकडोले जवाफ फर्काए, “ जोस म्याकडोल हुँ

स्त्रीले भनिन्, “पत्याउनै गाहे भो तपाईंकी आमाको काकीकी छोरी हुँ

मेरो आमाको आत्मिक जीबनबारे तपाईंलाई केही याद ?” म्याकडोलले जान्न चाहे

उनले व्याख्या गरिन्, “याद नि सहरमा जागृति सभा आउँदा हामी किशोरी अवस्थाका केटीहरू थियौँ चौथो साँझमा ख्रीष्टलाई स्वीकार गर्न हामी दुवै जना अगाडि बढेका थियौँ

खुसीले गद्गद् हुँदै म्याकडोल उफ्रिए, “प्रभुको स्तुति होस् !” तिनले आफूले खोजेको प्रार्थनाको जवाफ पाएका थिए



Leave Your Comments Here.