यिशै
इस्राएलका महान् राजा दाऊदका
पिता थिए ।
ओबेदका पुत्र अनि रूथ
र बोअजका नाति
यिशै बेथलेहेमका स्थायी
बासिन्दा थिए ।
१
शमूएल १६:१०–११ ले
प्रस्टसित अङ्कित गर्छ कि
यिशैका आठ जना
छोराहरू थिए, “यिशैले आफ्ना
सात जना छोराहरूलाई
शमूएलको अगि हाजिर
गराए, तर तिनले
भने, ‘परमप्रभुले यिनीहरूमा
कसैलाई पनि चुन्नुभएको
छैन ।’ तब
शमूएलले सोधे, ‘के सबै
यति नै हुन्
?’ यिशैले जवाफ दिए,
‘अझै कान्छो पनि
छ, तर त्यो
त भेडा चराउँदैछ’
।” तर १
इतिहास २:१३–१५ ले
यिशैका सात जना
छोराहरूको सूची दिन्छ,
“यिशैचाहिँ जेठा छोरा
एलीआब, माहिला अबीनादाब, साहिँला
शिमेअ, काहिँला नतनेल, अन्तरे
राद्दै, जन्तरे ओसेम र
कान्छा दाऊदका पिता थिए
।” वास्तवमा यिशैका
कति जना छोराहरू
थिए— सात या
आठ ?
निस्सन्देह,
यिशैका आठ जना
छोराहरू थिए ।
इतिहासको पहिलो पुस्तकमा एक
जना छोरोको नाउँ
नलेखिनुको कारण १
इतिहासलाई अभिलिखित गर्दासम्म सन्तान
नजन्माईकन तिनको मृत्यु भएको
हुन सक्छ ।
वा, कुनै रोग
या दुर्घटनाको कारणले
गर्दा विवाहअगि नै
जवान अवस्थामा तिनको
निधन भएको हुन
सक्छ । तिनले
कुनै सन्तान नजन्माएकोले
र दाऊदको घरानाका
कुनै योगदान नपुर्याएकोले
तिनको नाउँ उल्लेख
नभएको हुनुपर्छ ।
भावी पुस्तामा कुनै
उल्लेखनीय योगदान नपुर्याउने छोरोको नाउँलाई
हिब्रू वंशावलीमा समावेश नगरिनु
कुनै नौलो कुरो
थिएन ।