एक
सानी ठिटीले प्रभुलाई
औधी माया गर्थिन्
। मानिसहरूलाई ख्रीष्टको
सन्देश बाँड्ने उनको चाह
थियो । उनले
थोरै पैसा एक
जना मिसनरीलाई दिइन्,
बर्माका मानिसहरूलाई सुसमाचार सुनाउनका
लागि । ती
सानी केटीको प्रतिक्रिया
देखेर ती मिसनरी
अत्यधिक प्रभावित भए र
उक्त पैसाले तिनले
सके जति गर्ने
निर्णय लिए ।
होसियारीपूर्वक
सोच विचार गरेपछि
ती मिसनरीले एउटा
सुसमाचारीय पर्चा किने र
आफ्नै हातले तिनले
त्यो पर्चा एक
जना मुखियालाई दिए
। ती मुखियाले
आफूले पढ्न नसक्ने
तथ्यलाई स्वीकारे यद्यपि त्यहाँ
के लेखिएको थियो
भनेर जान्न भने
तिनी निकै उत्सुक
थिए । पढ्न
सक्ने मान्छेको खोजीमा
ती मुखियाले २५०
माइलको यात्रा गरे ।
सुसमाचारको सन्देश सुनेको केही
समय बितेपछि ती
मुखियाले येशूलाई आफ्नो प्रभु
र मुक्तिदाता भनी
स्वीकार गरे ।
मुखिया
आफ्ना मानिसहरूकहाँ फर्के
र प्रभुले तिनको
जीवनको गरेको कुरो तिनले
आफ्ना मानिसहरूलाई बताए
। पछि तिनले
मिसनरीहरूलाई आफ्नो गाउँमा निमन्त्रणा
दिए, येशूको बारेमा
बताउन । तिनका
जातिका धेरै मानिसहरूले
सुसमाचारलाई स्वीकार गरी येशूलाई
अङ्गाले ।
यी
सबै नतिजा हात
पार्नुको पछाडिको कारण ती
केटीले ह्दयदेखि नै दिएको
त्यही थोरै पैसा
थियो ।