एच.
ए. आइरनसाइड एक
परिचित बाइबल शिक्षकको नाउँ
हो । ख्रीष्टाब्द
१८७६ मा क्यानडामा
जन्मेका आइरनसाइड बाइबल शिक्षक,
प्रचारक, ईश्वरशास्त्री, पास्टरसाथै लेखक बने
। तिनले असी
ओटाभन्दा बेसी पुस्तकसाथै
पर्चाहरू प्रकाशित गरे ।
तिनी कहिल्यै अभिषिक्त
नभए तापनि आत्मिक
कुराहरूका निम्ति तिनमा ह्दयदेखिको
भोक थियो ।
तिनले अमेरिकाको एउटा
ख्याति प्राप्त मण्डलीलाई १८
वर्षसम्म अगुवाइ गरे ।
अमेरिकाको
दल्लास
थियोलोजिकल
सेमिनारीले आर्थिक
समस्या झेलिरहँदा त्यसलाई सहयोग
गर्न आइरनसाइडलाई अनुरोध
गरियो । एक
बिहान तिनले सेमिनारीका
कर्मचारीहरूलाई प्रार्थना भेलामा निम्तो
थिए । पवित्र
निराशासहित तिनले प्रार्थना गरे,
“हे प्रभु, हामी
जान्दछौँ कि तपाईं
हजारौँ डाँडाहरूका गाईबस्तुका मालिक
हुनुहुन्छ । केहीलाई
बेचेर हामीलाई पैसा
पठाइदिनुस् ।”
केही
मिनेट बित्न नपाउँदै
एक जना पशु
पालक अफिसमा देखा
परे । व्यापारको
लागि भनेर तिनले
भर्खरै थुप्रै गाईहरू बेचेका
रहेछन् । तर
त्यो असफल भएको
रहेछ । त्यसैले,
बाइबल स्कुलले त्यो
रुपियाँ–पैसा प्रयोग
गर्न सक्छ भनी
तिनी त्यहाँ आएका
रहेछन् । चेक
हस्तान्तरण गरी तिनी
त्यहाँबाट प्रस्थान गरे ।
बाइबल स्कुलको बचावटको
लागि त्यो पैसाको
आवश्यकता थियो ।
वचनमा
लेखिएको छ, “हे
मेरो प्रजा, सुन्,
र म तँसँग
बोल्नेछु, हे इस्राएल,
म तेरो विरुद्धमा
गवाही दिनेछु ।
म परमेश्वर हुँ,
तेरा परमेश्वर ।
तेरा बलिदानहरूका लागि
म तँलाई दोष
दिन्नँ, वा तेरा
होमबलिहरूका लागि, जो निरन्तर
मेरो सामुन्ने छन्
। तेरो गोठको
साँढे, अथवा तेरा
गोठहरूबाट बोकाको मलाई आवश्यकता
छैन । किनकि
जङ्गलको हरेक बस्तु
र हजारौँ डाँडाहरूका
गाईबस्तु मेरै हुन्”
(भजनसंग्रह ५०:७–१०) ।