बेथलेहेमको ताराको विषयमा
मत्ती २:१–१२ मा
अभिलिखित गरिएको छ । बेथलेहेमको तारालाई ख्रीष्टमसको तारा
पनि भनिन्छ जसले
ज्योतिषीहरू (“बुद्धिमान् मानिसहरू” भनेर
अनुवाद गर्नु बढी मुनासिब
हुन्छ कि ?) लाई
येशू अर्थात् मसीहको
जन्मबारे अवगत गरायो
। मत्तीको सुसमाचारअनुसार
ती ज्योतिषीहरूले पूर्वमा
एउटा तारा देखे
जसले तिनीहरूलाई यरूशलेम
आउन प्रेरित गर्यो
। तिनीहरूले यरूशलेममा
यहूदियाका राजा हेरोदसित
भेटेपछि ख्रीष्टको जन्म स्थानबारे
सोधपूछ गरे ।
मीकाको भविष्यवाणीमुताबिक मसीहको जन्म बेथलेहेममा
हुने भएकोले हेरोदले
तिनीहरूलाई त्यहीँ जान निर्देशन
दिए । तिनीहरूले
पूर्वमा देखेको ताराले तिनीहरूलाई
बालक येशू बस्नुभएको
घरसम्म अगुवाइ गर्यो ।
बालकलाई दण्डवत् गरी ज्योतिषीहरूले
आफूसँग ल्याएका भेटीहरू चढाए
अनि राजा हेरोदकहाँ
फर्केर नजानू भन्ने ईश्वरीय
चेताउनी पाएर तिनीहरू
अर्कै बाटो भएर
गए ।
बेथलेहेमको
ताराको पहिचानको विषयमा बाइबल
विद्वान्हरूले विभिन्न अवधारणाहरू अगाडि
सारेका छन् ।
कसैले त्यो बृहस्पति
थियो भनेको छ
त कसैले शनि
त कसैले मंगल
त कसैले सुपरनोभा
(अत्यधिक चम्किलो तारा) त
कसैले पुछ्रेतारा ।
तर निम्नलिखित चार
ओटा कारणले यो
कुनै प्राकृतिक आकाशीय
पिण्ड थिएन भनी
पुष्टि गर्छन्:
- ज्योतिषीहरूले मात्र यस तारालाई देखे भनी खण्डले अङ्कित गर्दछ (मत्ती २:१) । आकाशीय पिण्डहरूलाई कसैले देख्ने कसैले नदेख्ने हुँदैन ।
- यो तारा पहिले पूर्वमा देखा परेको छ (पद २) । त्यसपछि फेरि यरूशलेममा देखा परी यसले ज्योतिषीहरूलाई बालक भएको ठाउँसम्म अगुवाइ गरी यो त्यहाँ अडिएको छ (पद ९) । आकाशीय पिण्डहरू सधैँ गतिवान् हुन्छन्, तिनीहरू कहिल्यै स्थिर हुँदैनन् ।
- खण्डको वर्णनअनुसार त्यो तारा बालक येशू हुनुभएको घरको केही दूरी मात्र माथि देखिएको प्रस्ट छ (पद ९) जब कि आकाशीय पिण्डहरू पृथ्वीको सतहभन्दा हजारौँ/लाखौँ किलोमिटर पर छन् ।
- ताराले ज्योतिषीहरूलाई बेथलेहेमबाट यरूशलेम लगेको छ (पद ९) । बेथलेहेम यरूशलेमदेखि लगभग पाँच माइल दक्षिणमा पर्छ । तर पृथ्वीको परिक्रमणको कारणले गर्दा आकाशीय पिण्डहरू उत्तरबाट दक्षिणतर्फ नभई पूर्वबाट पश्चिमतर्फ घुम्छन् ।
यी कारणहरूले गर्दा यस अद्भूत दृश्यलाई वैज्ञानिक ढङ्गमा व्याख्या गर्न सकिँदैन । यदि बेथलेहेमको तारा प्राकृतिक तारा वा अन्य कुनै आकाशीय पिण्ड थिएन भने के थियो त ?
आफ्ना
मानिसहरूलाई अगुवाइ गर्न परमेश्वरले
बेला बेलामा विशेष
स्वर्गीय ज्योतिको प्रयोग गर्नुभएको
छ । पवित्र
वासस्थानको निर्माण भएपछि त्यसलाई
परमप्रभुको महिमाले ढाकेको थियो
(प्रस्थान ४०:३४–३८) ।
दिनमा बादलको खाँबो
र रातमा आगोको
ज्वाला बनेर परमेश्वरले
इस्राएलीहरूलाई उजाड–स्थानमा
४० वर्षसम्म अगुवाइ
गर्नुभएको थियो (प्रस्थान ४०:३८) ।
सोलोमनको मन्दिर बादलले भरिएको
थियो (१ राजा
८:१०) ।
दमस्कस नजिकै पावलको वरिपरि
ज्योति चम्केको थियो (प्रेरित
९:३) ।
यस्ता अद्भूत दृश्यहरूलाई
परमेश्वरको
उपस्थितिको
महिमा
भनिन्छ । यस्तो
विशेष ज्योति ईश्वरीय
वैभवको दृश्यवान् प्रदर्शनी हो
। परमेश्वरको उपस्थितिको
महिमा केही व्यक्तिहरूकहाँ
मात्र पनि देखा
पर्न सक्छ; यो
गायब भएर पुन:
देखा पर्न पनि
सक्छ र यसले
मानिसहरूलाई विशेष ठाउँसम्म पनि
अगुवाइ गर्न सक्छ
।
तब
यी सबै तथ्यहरूलाई
ध्यानमा राख्दा हामी उचित
तवरले निष्कर्ष निकाल्न
सक्छौँ कि ज्योतिषीहरूले
पूर्वमा देखेको ज्योति कुनै
प्राकृतिक आकाशीय पिण्ड नभएर
“परमेश्वरको उपस्थितिको महिमा” थियो
। तिनीहरूको बुझाइमा
त्यस अद्भूत दृश्यलाई
व्याख्या गर्ने उत्कृष्ट शब्द
तारा भएकोले तिनीहरूले
यसलाई “तारा” भनी उल्लेख
गरे यद्यपि खासमा
यो “परमेश्वरको उपस्थितिको
महिमा” थियो ।
त्यो दृश्यवान् वस्तु
कुनै प्राकृतिक आकाशीय
पिण्ड नभएर परमेश्वरको
आश्चर्यकर्म थियो किनकि
ख्रीष्टमस आफै नै
परमेश्वरको एउटा महानतम
आश्चर्यकर्म हो ।