ख्रीष्टाब्द
१९५५ मा अमेरिकामा
जन्मेका म्याक्स लुकाडो प्रभावशाली
लेखकसाथै वक्ता हुन् ।
झण्डै १०० ओटा
पुस्तक लेखिसकेका लुकाडोको एउटा
कृतिको नाउँ हो:
सिक्स
आवर्स
वान
फ्राइडे
। यस पुस्तकमा
तिनले एक जना
ख्रीष्टियान मिसनरीको कथा भनेका
छन् ।
ब्राजिल
दक्षिण अमेरिकाको सर्वाधिक ठुलो
राष्ट्र हो ।
यस देशको जङ्गलको
दुर्गमा क्षेत्रमा एक जना
ख्रीष्टियान मिसनरीले एउटा इन्डियन
जातिलाई फेला पारे
। ती मानिसहरू
एउटा ठुलो नदीको
नजिकै बस्थे ।
तिनीहरूलाई स्वास्थ्य उपचारको खाँचो
पर्यो
। गाउँभरि नै
एउटा सङ्क्रमण रोग
फैलिरहेको थियो ।
मानिसहरू दिनदिनै मर्दै थिए
।
गाउँबाट
अस्पताल धेरै टाढा
थिएन । तर
अस्पताल नदीको पारिपट्टि थियो
। तर ती
आदिवासीहरू नदी पार
गरेर जाँदैनथ्ये किनकि
नदीभित्र दुष्ट आत्माहरू बास
गर्थे भन्ने तिनीहरूको
विश्वास रहेको थियो ।
पानीभित्र प्रवेश गर्दा निश्चय
नै मृत्यु हुन्थ्यो
भनी तिनीहरूले ठान्ने
गर्थे ।
ती
ख्रीष्टियान मिसनरीले आफूले नदी
पार गरेको र
कुनै हानि नभएकोबारे
बताए । तर
तिनको बयानले तिनीहरूलाई
प्रभाव पारेन । त्यसपछि
तिनले ती जङ्गली
मानिसहरूलाई नदीको किनारमा लगे
र तिनले आफ्नो
हात पानीमा डुबाए
। तिनीहरूले अझै
पनि पानीमा जाने
आँट गरेनन् ।
अन्तमा, मिसनरी पानीभित्र हाम्फाले
अनि पौडेर पारिपट्टि
गए । तिनले
मुठ्ठीलाई हावामा उठाउँदै विजयको
सङ्केत गरे ।
तिनी पानीभित्र प्रवेश
गरेका थिए र
तिनलाई कुनै हानि
भएको थिएन ।
त्यसपछि मात्रै ती जङ्गली
आदिवासीहरू खुसीसाथ पानीभित्र प्रवेश
गरे र उनको
पछि लागे ।