एक
दिन एक जना
अनाथ केटो सडकमा
हिँडिरहेका थिए ।
तिनले नजिकै एउटा
पाल देखे जहाँ
मानिसहरूले गित भजन
गाउँदै थिए ।
त्यो बिदाको बेलामा
सञ्चालन गरिने बाइबल स्कुल
रहेछ ।
ठिटा
पालभित्र प्रवेश गरे ।
त्यहाँ अमेरिकाका मिसनरी सी.
ए. लोगानले प्रचार
गरिरहेका थिए ।
वक्ताले मानव–जातिको
निम्ति ख्रीष्टले गर्नुभएको प्रेम
र अन्य बलिदानहरूको
बारेमा बताउँदै थिए ।
उक्त वचनले ठिटाको
ह्दयमा आनन्दको अनुभूति गरायो
।
वक्ताले
ती अनाथ केटोलाई
डा. एच. डब्लु.
मेएर्ससित परिचित गराए ।
अङ्ग्रेजी सिक्ने उद्देश्यले ती
ठिटा मेएर्सकहाँ धाए
। मेएर्सले ठिटोलाई
भने, “अङ्ग्रेजी सिक्नका
लागि तिमीलाई मदत
गर्न म इच्छुक
छ । तर
डाँडाको उपदेशबाट तिमीले केही
पदहरू कण्ठस्थ गर्यौ भने
तिमीलाई सजिलो हुनेछ ।”
जब ठिटाले डाँडाको
उपदेशबाट ती उदेकका
पदहरू पढ्न थाले
विश्वको सृष्टिकर्ता त तिनका
पिता हुनुहुँदोरहेछ जो
स्वर्गमा बस्नुहुँदोरहेछ भनी तिनले
पत्ता लगाए ।
एउटा अनाथ केटोले
परमेश्वरलाई पिताको रूपमा आविष्कार
गर्नुभन्दा अचम्मको खोज के
हुन सक्छ र
? तिनी निकै खुसी
भए ।
डाँडाको
उपदेशका केही पदहरूलाई
पढ्न थालेपछि तिनले
जीवनमा नयाँ अर्थ
पाए । तिनले
जे पढिरहेका थिए
त्यो साँचो थियो
भनी तिनलाई थाहा
थियो । त्यसैले
तिनले गोप्य रूपमा
परमेश्वरलाई यसो भन्दै
प्रार्थना चढाउन थाले, “हे
परमेश्वर, मलाई असल
केटो बनाउनुहोस् ।
आमेन् ।”
पछि
ती ठिटोले येशूमाथि
विश्वास गरे अनि
पन्ध्र वर्षको उमेरमा बप्तिस्मा
लिए । ती
अनाथ केटोको नाउँ
हो, तोयोहिको कागवा
। ख्रीष्टाब्द १८८८
मा जापानमा जन्मेका
कागवा ख्रीष्टियान शान्तिवादी,
सुधारक, उपन्यासकारसाथै श्रम अभियन्ता
हुन् । तिनी
१५० ओटा भन्दा
बेसी कृतिका लेखक
हुन् ।