त्यो
मित्रहरूको जमघट थियो
। तर त्यो
रमाइलो भेटघाट झण्डै शोकपूर्ण
कोलाहलमा परिणत भएको थियो
। एक जना
बच्चा गहिरो पानीभित्र
खस्यो । उसको
गुहारलाई काम गर्ने
मालीले सुने ।
ती माली पानीभित्र
हामफाले अनि तिनले
डुबिरहेको बच्चालाई सकुशल उद्धार
गरे । ती
बच्चालाई पछि सारा
दुनियाँले विन्सटन चर्चिलको नाउँले
चिन्यो ।
ख्रीष्टाब्द
१८७४ मा इङ्गल्यान्डमा
जन्मेका चर्चिल दुई पटक
इङ्गल्यान्डका प्रधानमन्त्री बने ।
ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने तिनी
इतिहासकार, लेखकसाथै कलाकार पनि
थिए । तिनले
साहित्यमा नोबेल पुरस्कार जितेका
थिए ।
त्यसरी
मालीद्वारा बच्चाको उद्धार गरिएपछि
बुबा आमाले मालीलाई
इनाम दिन चाहे
। अनकनाउँदै तिनले
भने, “कुनै दिन
मेरो छोरो कलेज
जाओस् र ऊ डाक्टर बनोस् भन्ने
मेरो इच्छा छ
।” चर्चिलका मातापिताले
प्रतिज्ञा गरे, “हामी हेर्नेछौँ
।”
वर्षौं
बितेपछि चर्चिल इङ्गल्यान्डको प्रधानमन्त्रीको
पदमा थिए ।
तिनलाई निमोनियाले समात्यो ।
मुलुककै सबैभन्दा उत्कृष्ट डाक्टरलाई
बोलाइयो । तिनको
नाउँ थियो, डा.
अलेक्जान्डर फ्लेमिङ्ग जसले पेन्सिलिनको
आविष्कार गरेका थिए ।
उदेकको कुरो के
थियो भने यी
डाक्टर तिनै मालीका
छोरा थिए जसले
चर्चिललाई पानीमा डुब्नबाट बचाएका
थिए ।