menu bar

Tuesday, November 3, 2015

परमेश्वरको काम नै महानतम काम हो



एक जना ख्रीष्टियान मिसनरी विमानमा बसिरहेका थिए राम्ररी लुगा मिलाएर लगाएका जवान मानिस पनि तिनीसँगै थिए तिनीहरूले बातचित थाले

जिउनको लागि तपाईं के गर्नुहुन्छ ?” भनी मिसनरीले सोधे

जवान केटोको जवाफ थियो, “ एउटा ठुलो व्यापार गर्दछु

पनि एउटा ठुलै काममा छु”, भनी मिसनरीले बताए

मैले अमेरिकाभरि नै मेरो व्यापारलाई फैलाएको छु”, ती जवानले गर्व गर्दै भने

मेरो कामको लागि मैले संसारको चारैतिर यात्रा गरेको छु”, मिसनरीले व्यक्त गरे

जवान मानिसले यसो भन्दै कुराकानीलाई अगाडि बढाए, “ मेरा पितासित सहकार्य गरेर काम गर्दछु उहाँ करोडपति हुनुहुन्छ

मुस्कुराउँदै मिसनरीले भने, “ पनि मेरा पितासित सहकार्य गर्दछु उहाँ करोडपतिको पनि करोडपति हुनुहुन्छ

जवान मानिस थाकेनन्, “अधिकांश राज्यमा हाम्रा प्रतिनिधिहरू छन्

मिसनरीले भने, “संसारका प्राय: हरेक राष्ट्रमा हाम्रा प्रतिनिधिहरू छन्

यति बेलासम्म जवान मानिस छक्क परिसकेका थिए मिसनरीले के काम गर्दारहेछन् भनी जान्न तिनी उत्सुक भइसकेका थिए त्यसैले तिनले सोधे, “वास्तवमा, तपाईंले कामचाहिँ के गर्नुहुन्छ ?”

मिसनरीले आफ्नो कामको बारेमा व्याख्या गरेपछि जवान मानिसले प्रतिक्रिया दिए, “तपाईं एउटा ठुलो काम मात्र हुनुहुन्न तपाईंले महानतम काम गर्दै हुनुहुन्छ !” 



Leave Your Comments Here.