menu bar

Saturday, April 30, 2016

कट्टरवादी हिन्दु परिवारमा जन्मेकी शताब्दीले नयाँ करार पढेपछि येशूलाई पाइन्



उनको नाउँ हो, शताब्दी उनी भारतको कलकत्तामा एउटा कट्टरवादी हिन्दु परिवारमा जन्मेकी थिइन् सबै धर्मले उही गन्तव्यमा पुर्याउँछन् सबैले विभिन्न नामद्वारा उही ईश्वरलाई पुजेका छन् भन्ने उनको परिवारको विश्वास रहेको थियो

शताब्दीले एउटा ख्याति प्राप्त हिन्दु स्कुलमा दस कक्षासम्म अध्ययन गरिन् पछि थप अध्ययनको लागि उनलाई एउटा ख्रीष्टियान स्कुलमा स्थानान्तरण गरियो त्यहीँ उनले बाइबलको नयाँ करार हात पारिन् उनले पढ्न थालिन् सुसमाचारहरूलाई पढेपछि उनले येशूलाई पनि एक जना हिन्दु गुरुजस्तै देखिन् तर रोमीको पुस्तक पढ्न थालेपछि उनको ह्दय परिवर्तन भयो उनले आफूलाई मूर्तिपूजकको रूपमा देखिन् उनको बुझाइमा उनी पापी थिइन् ,००० वर्षअगि लेखिएको पुस्तकले आधुनिक समाजको चित्रण गरेको देख्दा उनी छक्क परिन्

धर्मी ठहरिन खोज्ने शताब्दीका सबै प्रयास व्यर्थ थिए भनी रोमीको पुस्तक पढ्दा उनले पत्ता लगाइन् शिरदेखि पाउसम्म उनी पापको सागरमा डुबेकी रहिछन् भनी रोमी ले उनलाई छर्लङ्ग पार्यो पढ्दै जाँदा यी वचनहरूले उनको ध्यानाकर्षण गरे, “किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” (रोमी :)

यी पदहरूमा परमेश्वरले उनलाई गर्नुभएको प्रेमको गहिराइ अभिलिखित थियो उनले गरेका सबै पापका निम्ति प्रभुले दु: भोग्नुभएको थियो मर्नुभएको थियो भनी उनले बुझिन् उनले आफ्नो जीवन येशूमा सुम्पिन् उनी नयाँ सृष्टि बनिन्

शताब्दीको आत्मिक यात्राको आरम्भ भयो उनी बाइबल अध्ययनको लागि बेङ्गलोरमा गइन् । स्नातकोत्तर पुरा गरेपछि उनी भारतको उत्तरी क्षेत्रमा गइन्, मिसनरी बनेर       

Leave Your Comments Here.


Friday, April 29, 2016

येशू ख्रीष्टको पुनरुत्थान संसारको इतिहासमा घटेको एकल महानतम घटना हो



जोन माकार्थुर पास्टर, लेखकसाथै कलेज प्रमुख हुन् व्याख्यात्मक प्रवचनका दृढ हिमायती माकार्थुरले १५० ओटा भन्दा बढी पुस्तक लेख्नुकासाथै सम्पादन गरिसकेका छन् १० लाखभन्दा बेसी बिक्री हुन सफल तिनको माकार्थुर स्टडी बाइबलले स्वर्ण पदक जितेको ग्रेस टु यु नामक रेडियो कार्यक्रमको लागि तिनी संसारभर प्रसिद्ध छन् १९३९ मा अमेरिकामा जन्मेका माकार्थुरले नयाँ करारमाथि श्रृङ्खलाबद्ध रूपमा टिप्पणी गरेका छन् तिनका टिप्पणीहरू पनि दस लाखभन्दा बेसीको सङ्ख्यामा बेचिएका छन् मत्तीको सुसमाचार २८ अध्यायमा अभिलिखित येशूको पुनरुत्थानबारे तिनले सठिक ढङ्गमा टिप्पणी गरेका छन्:

येशू ख्रीष्टको पुनरुत्थान संसारको इतिहासमा घटेको एकल महानतम घटना हो ख्रीष्टियमतको लागि यो यति आधारभूत कि यसलाई इन्कार गर्ने व्यक्ति कोही पनि साँचो ख्रीष्टियान हुन सक्दैन पुनरुत्थानविना ख्रीष्टियान विश्वास, उद्धार आशा अस्तित्वमा रहँदैनन् तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेतापावल व्याख्या गर्छन्, ‘ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ’ ( कोरिन्थी १५:१३१४) पुनरुत्थान नभएको ख्रीष्टमाथि विश्वास गर्ने व्यक्तिले शक्तिविहीनसाथै मरेको ख्रीष्टमाथि विश्वास गर्दछ यदि ख्रीष्ट मृतकहरूबाट पुनर्जीवित पारिनुभएको होइन भने क्रूसमा कुनै छुटकारा सम्पन्न भएन तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छपावल जारी राख्छन्, ‘तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ’ (पद १७)   

Leave Your Comments Here.


Thursday, April 28, 2016

२ अरब बाइबल वितरण गर्ने गिदोन संस्था यसरी स्थापना भएको थियो



अमेरिकाको बोसकोबेलमा अवस्थित सेन्ट्रल हाउस होटलमा दुई जना व्यापारी आइपुगे ती व्यापारीहरू थिए: जोन एच. निकोल्सन समुएल . हिल तिनीहरू रात बिताउनका लागि उक्त व्यस्त होटलमा आइपुगेका थिए ती दुवैले एक अर्कालाई पहिले कहिल्यै भेटेका थिएनन् तर होटलमा एउटै मात्र कोठा खाली थियो जहाँ दुई जना सुत्न मिल्थ्यो दुवै जनाले उही कोठामा सुत्ने निधो गरे

कुराकानी गर्ने क्रममा तिनीहरूले पत्ता लगाए कि ती दुवैको विश्वास एउटै रहेछ ख्रीष्टियान व्यापारीहरूको लागि सुसमाचार सुनाउने संस्था खोल्नका लागि दुवै जना उत्साही रहेछन् तिनीहरूले सँगसँगै मिलेर काम गर्ने निर्णय लिए

अर्को वर्षपारस्परिक पहिचान, व्यक्तिगत सुसमाचार प्रचार प्रभुको लागि एकीकृत सेवाको निम्ति रुचि राख्ने मानिसहरूको लागि एउटा बैठक डाकियो त्यस बैठकमा थप एक जना मान्छे मात्र देखा परे जसको नाउँ थियो, विलियम जे. नाइट्स तिनीहरूले स्थापना गर्न खोजिएको संस्थाको नाउँ गिदोन राखियोस् भनी विलियमले सल्लाह दिए गिदोन पुरानो करारका न्यायकर्ता थिए जसले विशाल सेनालाई पराजित गर्न थोरै मानिसहरूको झुण्डलाई अगुवाइ गरेका थिए (न्यायकर्ता अध्याय)  

यसरी ख्रीष्टाब्द १८९९ मा एउटा संस्थाको जन्म हुन पुगेको थियो जसलाई अहिले गिदोन्स इन्टरनेस्नल भनेर चिनिन्छ बाइबललाई सित्तैँमा वितरण गर्नु यसको प्राथमिक काम हो नेपाललगायत २०० भन्दा बेसी मुलुकहरूमा यस संस्थाले आफ्नो सेवालाई जारी राखेको  

१९०८ देखि बाइबल वितरण गर्न थालेको यस संस्थाले २००१ सम्म आइपुग्दा अरब बाइबल वितरण गरेको थियो तर त्यसपछि भने यो निकै सक्रिय देखा पर्यो किनकि २००२ देखि २०१५ सम्म यसले अर्को एक अरब बाइबल वितरण गर्यो यसरी पहिलो एक अरब बाइबल वितरण गर्न यसलाई ९३ वर्ष लागेको थियो जब कि दोस्रो एक अरब वितरण गर्न केवल १४ वर्ष हालसम्म अरब बाइबल वितरण गरेको गिदोनले यसका सदस्यहरूमार्फत प्रत्येक सेकेन्डमा दुई ओटा बाइबल वितरण गर्दछ यस संस्थाले वितरण गरेका बाइबलहरूले मानिसहरूको जीवनमा व्यापक प्रभाव पारेको देखिन्छ       

Leave Your Comments Here.


Wednesday, April 27, 2016

एउटा बाइबलद्वारा परिवर्तित व्यक्ति जो अमेरिकाकै सर्वाधिक ठुलो मण्डलीको पास्टर बनेका छन्



त्यस बेला तिनी विद्यार्थी थिए कसैले तिनको हातमा बाइबल थमाइदियो त्यस बाइबलले तिनको जीवनमा यस्तो असाधारण प्रभाव पाथ्र्यो भनी कसैले अनुमान पनि गरेको थिएन

त्यही सानो बाइबल पढेर ती विद्यार्थीले येशू ख्रीष्टको बारेमा चिन्ने मौका पाए तिनले उहाँलाई आफ्नो प्रभु मुक्तिदाता भनी ह्दयमा स्वीकार गरे खास गरी एफिसी अध्यायले तिनको ह्दयलाई छोएको थियो उद्धारलाई कमाउन सकिँदैन यो केवल अनुग्रहद्वारा पाइन्छ भनी तिनले बुझे जस्तो प्रेरित पावलले प्रस्ट पारेका छन्, “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ यो तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान होकर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ” (एफिसी :)

को थिए ती विद्यार्थी ? क्रेग ग्रोस्चेल तिनी अमेरिकाको लाइफ चर्चका वरिष्ठ पास्टर हुन् यो मण्डली अमेरिकाकै सर्वाधिक ठुलो मण्डली हो अमेरिकाको सात ओटा राज्यको पच्चिस ओटा स्थानमा यसले आफ्नो सेवाको पाल तन्काएको यस मण्डलीमा हरेक हप्ता झण्डै एक लाख मानिस जम्मा हुन्छन् यस मण्डलीको बाइबल एप्सलाई २० करोड पटक डाउनलोड गरिएको हाल क्रेग ४९ वर्ष पुगेका छन्

Leave Your Comments Here.


Tuesday, April 26, 2016

शिलालेखको आविष्कारसँगै बाइबलका आलोचकहरू फेरि गलत साबित भए



इतिहासकार लूकाले लेखेका छन्, “कैसर तिबेरिअसका शासनकालको पन्ध्रौँ वर्षमा पन्तियस पिलातस यहूदीयाका हाकिम थिए त्यस बेला हेरोद गालीलका शासक थिए, तिनका भाइ फिलिप इतुरिया त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए” (लूका :) यस पदको अन्त्यमालुसानियास अबिलेनेका शासक थिएभनी लूकाले प्रस्ट पारेका छन्  लूकाको विवरणअनुसार शासक लुसानियास करिब ख्रीष्टाब्द २७ मा शक्तिमा थिए तर उक्त समयमा लुसानियासले शासन गरेका थिए भनी  उल्लेख गरेकाले वर्षौंसम्म सन्देहवादीहरूले लूकाको ऐतिहासिक विवरणमाथि प्रश्न तेर्साउँदै आएका थिए प्रश्न गर्नुको कारण प्रस्ट थियो: इतिहासकारहरूलाई एक जना मात्र लुसानियासको बारेमा ज्ञान थियो जसले ४०३६ ख्रीष्टपूर्वमा खाल्सिसमा शासन गरेका थिए यो भनेको लूकाले उल्लेख गरेको मितिभन्दा झण्डै ६५ वर्ष अगाडिको मिति हो त्यसो भए, के लूकाद्वारा अभिलिखितलुसानियासकाल्पनिक व्यक्ति थिए ? कदापि होइन पुरातत्त्वविद्याले हामीलाई यस कठिनाइको समाधान गर्न मदत पुर्याएको

दमस्कस नजिकै रोमी सम्राट् तिबेरिअसको शासनकाल (ख्रीष्टाब्द १४३७) को एउटा शिलालेख पत्ता लागेको जसमा इतिहासकार लूकाले भनेझैँ लुसानियासको नाउँ उल्लेख गरिएको

अब प्रश्न यो हो कि शिलालेखमा उल्लिखित लुसानियास लूकाद्वारा अभिलिखित लुसानियास नै हो भनेर कसरी थाहा पाउने ? उक्त शिलालेखको अंश यस्तो : “अगस्टस प्रभुहरूका उद्धारको लागि ...अगस्ट एउटा उपाधि थियो एकै पटक दुई जना मानिसले यो उपाधि धारण गरेको समय तिबेरिअसको शासनकालमा मात्रै थियो त्यस बेला तिबेरिअस तिनकी आमा लिभिया दुवैलेअगस्टसभन्ने उपाधि लिएका थिए   ख्रीष्टाब्द १४ मा कैसर अगस्टस (अर्थात् ओक्टाभियन) को निधनपश्चात् उनले यो उपाधि धारण गरेकी थिइन् २९ मा उनको निधन भयो तसर्थ, त्यो शिलालेख ख्रीष्टाब्द १४२९ को बिचमा तयार पारिएको हुनुपर्छ

तब हामी प्रस्ट हुन सक्छौँ कि लुसानियास नाउँ गरेका दुई जना बेग्लाबेग्लै शासकहरू इतिहासमा बाँचेका रहेछन् लूकाले पछिल्लो लुसानियासको उल्लेख गरेका हुन् भनी पुरातत्त्वविद्याले छर्लङ्ग पारेको फेरि एक पटक बाइबलका आलोचकहरू गलत साबित भए पनि इतिहासकार लूका साँचो ठहरिए           

Leave Your Comments Here.