menu bar

Thursday, April 28, 2016

२ अरब बाइबल वितरण गर्ने गिदोन संस्था यसरी स्थापना भएको थियो



अमेरिकाको बोसकोबेलमा अवस्थित सेन्ट्रल हाउस होटलमा दुई जना व्यापारी आइपुगे ती व्यापारीहरू थिए: जोन एच. निकोल्सन समुएल . हिल तिनीहरू रात बिताउनका लागि उक्त व्यस्त होटलमा आइपुगेका थिए ती दुवैले एक अर्कालाई पहिले कहिल्यै भेटेका थिएनन् तर होटलमा एउटै मात्र कोठा खाली थियो जहाँ दुई जना सुत्न मिल्थ्यो दुवै जनाले उही कोठामा सुत्ने निधो गरे

कुराकानी गर्ने क्रममा तिनीहरूले पत्ता लगाए कि ती दुवैको विश्वास एउटै रहेछ ख्रीष्टियान व्यापारीहरूको लागि सुसमाचार सुनाउने संस्था खोल्नका लागि दुवै जना उत्साही रहेछन् तिनीहरूले सँगसँगै मिलेर काम गर्ने निर्णय लिए

अर्को वर्षपारस्परिक पहिचान, व्यक्तिगत सुसमाचार प्रचार प्रभुको लागि एकीकृत सेवाको निम्ति रुचि राख्ने मानिसहरूको लागि एउटा बैठक डाकियो त्यस बैठकमा थप एक जना मान्छे मात्र देखा परे जसको नाउँ थियो, विलियम जे. नाइट्स तिनीहरूले स्थापना गर्न खोजिएको संस्थाको नाउँ गिदोन राखियोस् भनी विलियमले सल्लाह दिए गिदोन पुरानो करारका न्यायकर्ता थिए जसले विशाल सेनालाई पराजित गर्न थोरै मानिसहरूको झुण्डलाई अगुवाइ गरेका थिए (न्यायकर्ता अध्याय)  

यसरी ख्रीष्टाब्द १८९९ मा एउटा संस्थाको जन्म हुन पुगेको थियो जसलाई अहिले गिदोन्स इन्टरनेस्नल भनेर चिनिन्छ बाइबललाई सित्तैँमा वितरण गर्नु यसको प्राथमिक काम हो नेपाललगायत २०० भन्दा बेसी मुलुकहरूमा यस संस्थाले आफ्नो सेवालाई जारी राखेको  

१९०८ देखि बाइबल वितरण गर्न थालेको यस संस्थाले २००१ सम्म आइपुग्दा अरब बाइबल वितरण गरेको थियो तर त्यसपछि भने यो निकै सक्रिय देखा पर्यो किनकि २००२ देखि २०१५ सम्म यसले अर्को एक अरब बाइबल वितरण गर्यो यसरी पहिलो एक अरब बाइबल वितरण गर्न यसलाई ९३ वर्ष लागेको थियो जब कि दोस्रो एक अरब वितरण गर्न केवल १४ वर्ष हालसम्म अरब बाइबल वितरण गरेको गिदोनले यसका सदस्यहरूमार्फत प्रत्येक सेकेन्डमा दुई ओटा बाइबल वितरण गर्दछ यस संस्थाले वितरण गरेका बाइबलहरूले मानिसहरूको जीवनमा व्यापक प्रभाव पारेको देखिन्छ       

Leave Your Comments Here.