उनको
नाउँ हो, शताब्दी
। उनी भारतको
कलकत्तामा एउटा कट्टरवादी
हिन्दु परिवारमा जन्मेकी थिइन्
। सबै धर्मले
उही गन्तव्यमा पुर्याउँछन्
र सबैले विभिन्न
नामद्वारा उही ईश्वरलाई
पुजेका छन् भन्ने
उनको परिवारको विश्वास
रहेको थियो ।
शताब्दीले
एउटा ख्याति प्राप्त
हिन्दु स्कुलमा दस कक्षासम्म
अध्ययन गरिन् । पछि
थप अध्ययनको लागि
उनलाई एउटा ख्रीष्टियान
स्कुलमा स्थानान्तरण गरियो ।
त्यहीँ उनले बाइबलको
नयाँ करार हात
पारिन् । उनले
पढ्न थालिन् ।
सुसमाचारहरूलाई पढेपछि उनले येशूलाई
पनि एक जना
हिन्दु गुरुजस्तै देखिन् ।
तर रोमीको पुस्तक
पढ्न थालेपछि उनको
ह्दय परिवर्तन भयो
। उनले आफूलाई
मूर्तिपूजकको रूपमा देखिन् ।
उनको बुझाइमा उनी
पापी थिइन् ।
२,००० वर्षअगि
लेखिएको पुस्तकले आधुनिक समाजको
चित्रण गरेको देख्दा उनी
छक्क परिन् ।
धर्मी
ठहरिन खोज्ने शताब्दीका
सबै प्रयास व्यर्थ
थिए भनी रोमीको
पुस्तक पढ्दा उनले पत्ता
लगाइन् । शिरदेखि
पाउसम्म उनी पापको
सागरमा डुबेकी रहिछन् भनी
रोमी ३ ले
उनलाई छर्लङ्ग पार्यो
। पढ्दै जाँदा
यी वचनहरूले उनको
ध्यानाकर्षण गरे, “किनकि हामी
दुर्बल हुँदा नै ख्रीष्ट
अधर्मीहरूका निम्ति ठीक समयमा
मर्नुभयो । धार्मिक
मानिसको निम्ति मर्न तयार
हुने कोही बिरलै
पाइएला, कतै असल
मानिसको निम्ति कसैले मर्ने
आँट गरी पनि
हाल्ला । तर
परमेश्वरले हाम्रा निम्ति उहाँको
प्रेम यसैमा देखाउनुहुन्छ,
कि हामी पापी
छँदै ख्रीष्ट हाम्रा
निम्ति मर्नुभयो” (रोमी ५:६–८)
।
यी
पदहरूमा परमेश्वरले उनलाई गर्नुभएको
प्रेमको गहिराइ अभिलिखित थियो
। उनले गरेका
सबै पापका निम्ति
प्रभुले दु:ख
भोग्नुभएको थियो र
मर्नुभएको थियो भनी
उनले बुझिन् ।
उनले आफ्नो जीवन
येशूमा सुम्पिन् र उनी
नयाँ सृष्टि बनिन्
।
शताब्दीको
आत्मिक यात्राको आरम्भ भयो
। उनी बाइबल अध्ययनको लागि बेङ्गलोरमा गइन् । स्नातकोत्तर पुरा गरेपछि
उनी भारतको उत्तरी
क्षेत्रमा गइन्, मिसनरी बनेर
।