केही
मानिसहरू मैत्रीपूर्ण बातचितमा संलग्न
हुँदै थिए ।
एक जनाले आफूले
सानो कुरोमा होसियार
हुन सिकेको कुरो
बताउँदै थियो, “एक जोडी
मोजाजस्ता कुराहरूले मेरो सम्पूर्ण
जीवन परिवर्तन ल्याइदिएका
थिए भन्ने कुरामा
के तपाईंहरू विश्वास
गर्नुहुन्छ ?”
“म
त त्यस्तो कुरोमा
मुश्किलैले विश्वास गर्न सक्छु”,
अर्को मानिसले मुख
फोर्यो
।
त्यसपछि
ती मानिसले आफूले
अनुभव गरेको परिवर्तनबारे
सबिस्तार वर्णन गरे, “यो
साँचो हो ।
एक पटक केही
साथीहरूसँगै मैले डुङ्गा
चढ्ने योजना बनाएको
थिएँ । तर
हाम्रो यात्राको थालनी हुनुभन्दा
दुई दिनअगावै काठ
काट्ने क्रममा मेरो खुट्टामा
चोट लाग्यो ।
चोट सामान्य थियो
तर मैले घरमा
नै निर्मित मोजा
लगाएको थिएँ जसको
निलो रङले मेरो
घाउलाई झनै दूषित
पारिदियो । म
घरमा नै बस्न
बाध्य भएँ ।
मेरा सङ्गीहरू यात्रामा
जाँदा एक जना
शक्तिशाली प्रचारक हाम्रो सहरमा
आए, जागृति सभा
सञ्चालन गर्नको लागि ।
मैले गर्नुपर्ने कुरो
केही पनि नभएकोले
सभामा उपस्थित हुने
निर्णय गरेँ मैले
। मलाई वचनले
गहन रूपमा छोयो
। परिणाम स्वरूप
मैले मेरो ह्दय
प्रभुमा समर्पित गरेँ ।
ममा नयाँ इच्छा
र उद्देश्यहरूले जन्म
लिए ।”
को
हुन् यी मानिस
? तिनको नाउँ हो,
जेम्स ए. गारफिल्ड
। ख्रीष्टाब्द १८३१
मा जन्मेका गारफिल्ड
अमेरिकाका बिसौँ राष्ट्रपति बनेका
थिए ।