menu bar

Thursday, April 14, 2016

३ करोडभन्दा बेसी बिक्री हुन सफल एउटा ख्रीष्टियान पुस्तकको कथा




अमेरिकाका पास्टरसाथै लेखक रिक वारेनद्वारा लिखित एउटा पुस्तकको नाउँ हो: पर्पोज ड्रिभन लाइफ (उद्देश्य प्रेरित जीवन) अमेरिकाको मिचिगनस्थित अन्तर्राष्ट्रिय ख्रीष्टियान प्रकाशन जोन्डरभनले यसलाई छापेको थियो  ख्रीष्टाब्द २००७ सम्म आइपुग्दा यो कृतिको करोड प्रति बिक्री भइसकेको थियो न्युयोर्क टाइम्सको बेस्टसेलरसूचीमा ९० हप्तासम्म यस पुस्तकले आफ्नो स्थान जोगाइराखेको थियो

४० ओटा छोटाछोटा अध्याय भएको यो आराधनायुक्त पुस्तक हो दिनमा एउटा अध्याय पढ्ने हिसाबले प्रबन्ध गरिएको यस कृति पढ्न थाल्नुभएपछि तपाईंले चालिस दिनको आत्मिक यात्रामा पाइला चाल्नुहुनेछ पुस्तकका ४० ओटा अध्यायलाई ओटा मुख्य भागमा विभाजित गरिएका छन् जसका शीर्षकहरू निम्नलिखित छन्:

  • पृथ्वीमा केको लागि अस्तित्वमा छु ?
  • पहिलो उद्देश्य: परमेश्वरको खुसीको लागि तपाईंको योजना बनाइएको थियो (आराधना)
  • दोस्रो उद्देश्य: परमेश्वरको परिवारको लागि तपाईंको रचना गरिएको थियो (सङ्गति)
  • तेस्रो उद्देश्य: ख्रीष्टजस्तै हुनको लागि तपाईंको सृष्टि गरिएको थियो (चेलापन)
  • चौथो उद्देश्य: परमेश्वरको सेवा गर्नको लागि तपाईंलाई आकार दिइएको थियो (सेवाकार्य)
  • पाँचौँ उद्देश्य: मिसनको लागि तपाईंलाई बनाइएको थियो (मिसन)

बहुचर्चित यस कृतिसित एउटा रोचक घटना पनि जोडिएको जुन यसप्रकार

चार जना मानिसको हत्याको आरोप लागेका ब्रायन निकोलसको तीव्र खोजी हुँदै थियो मार्च २००५ मा निकोलसले अस्ले स्मिथ नाउँ गरेकी स्त्रीलाई घण्टासम्म उनकै अपार्टमेन्टमा बन्दी बनाए त्यस बेला स्मिथले वारेनद्वारा लिखित पर्पोज ड्रिभन लाइफको ३२ अध्यायलाई पढिन् । उक्त वचनले निकोलसको निर्णयमा काम गर्यो परिणाम स्वरूप तिनले स्त्रीलाई मुक्त गरिदिए

स्मिथको कैद छुटकाराको खबरपश्चात् पुस्तकको बिक्रि ह्वात्तै बढेको थियो यस कृतिलाई नेपाली भाषामा पनि अनुवाद गरिएको       

Leave Your Comments Here.