menu bar

Thursday, April 21, 2016

बाइबलमा जम्माजम्मी १,८१७ ओटा भविष्यवाणी पाइन्छन्



बाइबल के हो ?
यो ख्रीष्टियानहरूको धर्मग्रन्थ हो

बाइबलभित्र के ?
परमेश्वरले सारा विश्वको सृष्टि गर्नुभयो जुन सुरुमा असल थियो तर आदम हव्वाले पाप गरेपछि संसारमा पापको प्रवेश भयो पापको महासागरबाट बाँच्नको लागि मानिस आफैसित कुनै उपाय नभएकोले परमेश्वरले आफ्नो एक मात्र पुत्र पठाउनुभयो जो येशू ख्रीष्ट हुनुहुन्छ उहाँ मानवजातिको पापको लागि क्रूसमा मर्नुभयो उहाँमाथि विश्वास गर्नेहरूले अनन्त जीवन पाउँछन् अर्थात् तिनीहरू पापको महासागरबाट उम्कन सक्छन् यही कुरोलाई पूर्णता दिन उहाँ एक दिन फर्कंदै हुनुहुन्छ

बाइबल कहिले लेखियो ?
बाइबल केवल एउटा पुस्तक नभई यो पुस्तकहरूको सङ्ग्रह हो यसलाई मुख्य दुई भागमा वर्गीकरण गरिएको : पुरानो करार नयाँ करार पुरानो करारमा ३९ ओटा पुस्तक छन् भने नयाँ करारमा २७ ओटा बाइबलको पहिलो पुस्तक उत्पत्ति हो भने अन्तिम पुस्तक प्रकाश बाइबलको पहिलो पुस्तक लगभग ,४४० ख्रीष्टपूर्व अर्थात् आजभन्दा ,५०० वर्षअगि लेखिएको थियो भने यसको अन्तिम पुस्तक ख्रीष्टाब्द ९५ तिर लेखियो अर्थात् ,९०० वर्षअगि

बाइबलका सबै पुस्तकहरू लेख्न कति समय लाग्यो ?
लगभग ,६०० वर्षको अवधि (,४४० ख्रीष्टपूर्वख्रीष्टाब्द ९५) मा बाइबलका सबै पुस्तकहरू लेखिए

कहाँ लेखियो बाइबललाई ?
एसिया, अफ्रिका युरोप गरी तिन ओटा महादेशमा

कुन भाषामा लेखियो ?
पुरानो करारको अधिकांश भागलाई हिब्रू भाषामा केही भागलाई आरमेइक भाषामा लेखियो भने नयाँ करारलाई ग्रिक भाषामा

कसले लेख्यो बाइबललाई ?
यसको रचनाको लागि झण्डै ४० जना मानवीय लेखकहरू चलाइए तर अदृश्य लेखक पवित्र आत्मा नै हुनुहुन्थ्यो

कोको थिए ती मानवीय लेखकहरू ?
मोशा, दाऊद, सोलोमन, यर्मियाजस्ता मानिसहरू पुरानो करारका केही लेखकहरू थिए भने पावल, यूहन्ना, पत्रुस, मत्तीजस्ता मानिसहरू नयाँ करारका केही लेखकहरू थिए

बाइबल कुन विद्याअन्तर्गत पर्दछ ?
यहाँभित्र इतिहास, कविता, संस्मरण, जीवनी, दृष्टान्त, भविष्यवाणी आदिजस्ता विभिन्न साहित्यिक शैलीहरू पाइन्छन्

अन्य पुस्तकहरूभन्दा बाइबल कसरी फरक छ ?
बुँदागत रूपमा भन्नुपर्दा यसलाई यसरी व्यक्त गर्न सकिन्छ:
  • बाइबलको एकत्वले हरेक पाठकलाई छक्क पार्नुपर्छ यो भनेको बाइबलमा पृथक्ताको नदी बगेको भए तापनि यसको मुख्य विषयवस्तु एउटै : मानवजातिको लागि परमेश्वरको छुटकाराको योजना
  • बाइबल मात्र एउटा यस्तो धर्मशास्त्र हो जसमा सयौँ भविष्यवाणीहरू पाइन्छन् जसमध्ये कैयौँ पुरा भइसकेका छन् एक जना लेखकको गणनाअनुसार बाइबलमा जम्माजम्मी ,८१७ ओटा भविष्यवाणी पाइन्छन्
  • बाइबलमा आधुनिक विज्ञानले प्रमाणित गरेका कतिपय भनाइहरू पाइन्छन् जस्तै: पृथ्वीमा शून्यतामा झुण्डिएको
  • बाइबलको विवरणलाई एकपछि अर्को गर्दै पुष्टि गर्ने कैयौँ पुरातात्त्विक खोजहरू पत्ता लागेका छन्
  • बाइबल संसारमा सबैभन्दा बेसी बिक्रीवितरण हुन सफल पुस्तक हो

किन बाइबल पढ्नुपर्छ ?
यो संसारमा सबैभन्दा प्रभावशाली पुस्तक हो यसले व्यक्ति, समाज राष्ट्रलाई सही मार्गमा डोर्याएका उदाहरणहरू मनग्गे छन् संसारका राष्ट्र प्रमुखसाथै उच्च ओहोदामा हुनेहरूले आफ्ना भाषणहरूमा बाइबलका वचनहरूलाई बारम्बार उद्धृत गर्थे तपाईंले बाइबललाई गम्भीर रूपमा अध्ययन गर्नुभयो भने तपाईंले आफ्नो संसारलाई बदल्नुहुनेछ भन्दा अत्युक्ति नहोला   

      

Leave Your Comments Here.