हाम्रै
महादेशको दक्षिण भागमा एउटा
शक्तिशाली मुसलमान परिवारमा तिनको
जन्म भएको थियो
। सिङ्गापुरमा काम
गर्ने सिलसिलामा तिनले
प्रभु येशू ख्रीष्टलाई
पाएपछि सुरक्षाको खातिर तिनको
नाउँ परिवर्तन गरी
लामाक राखिएको छ
।
४
वर्षपश्चात् तिनी आफ्नो
घर फर्के र
तिनले येशू ख्रीष्टको
बारेमा आफ्नो परिवारलाई सुसमाचार
सुनाउने आँट गरे
। तिनका ससुरा
यति धेरै रिसाए
कि लामाकलाई कुर्सीमा
बाँधी तिनलाई विद्युत्को
झट्का दिइयो, येशू
ख्रीष्टलाई त्यागोस् भनेर ।
तर दु:खको
भूमरीमा पनि यी
जवान मानिसले ख्रीष्टलाई
इन्कार गरेनन् ।
यातनाको
कारणले तिनका पाखुराहरूमा आज
पनि ती डोबहरू
छन् । तर
तिनी ती डोबहरूलाई
आफ्नो गवाही बाँड्नको
लागि प्रयोग गर्छन्
। मानिसहरूले ती
डोबको कारण सोध्दा
तिनलाई सुसमाचार सुनाउने मौका
मिल्छ ।
तिनले
प्रभु येशूको खातिर
जस्तोसुकै दु:ख
भोगे तापनि तिनले
३२ ओटा मण्डली
स्थापित गर्न सहयोग
पुर्याउनुका
अतिरिक्त तिनले इस्लाम धर्मबाट
ख्रीष्टका अनुयायी बनेका ५००
जना विश्वासीलाई बप्तिस्मा
दिएका छन् ।
लामाक
ख्रीष्टको निम्ति दृढतापूर्वक खडा
छन् । ख्रीष्ट
येशूमा भक्तिसाथ जीवन बिताउन
इच्छा गर्नेहरू सतावटमा
पर्छन् भन्ने प्रेरित पावलको
वचन (२ तिमोथी
३:१२) तिनको
जीवनमा लागु भएको
देखिन्छ ।