इतिहासमा
कुष्ठरोगलाई सङ्क्रामक र घातक
रोग भनेर चिनिन्थ्यो
। यसले मानिसको
शरीरको कान, खुट्टा,
नाक, औँला आदिजस्ता
विभिन्न अङ्गमा आक्रमण गथ्र्यो
। आज यस
डरलाग्दो रोगको उपचार छ
तर त्यस बेला
थिएन । तसर्थ,
यो रोग अन्य
मानिसहरूमा नसरोस् र यसले
महामारीको रूप नलियोस्
भन्ने हेतुले अमेरिकी
सरकारले कुष्ठरोगीहरूलाई मोलोकाई टापुको एउटा
शिविरमा पठाउने गथ्र्यो । मोलोकाई
अमेरिकाको हवाई प्रान्तमा
पर्ने एउटा टापुको
नाउँ हो ।
ख्रीष्टाब्द
१८७३ मा दामिन
नाउँ गरेका एक
जना निर्भीक ख्रीष्टियान
अगुवा मोलोकाई टापुमा
भएका कुष्ठरोगीहरूको बिचमा
स्वैच्छिक रूपमा सेवा गर्न
तम्सिए । त्यहाँ
आउँदा मानिसहरूको अवस्था
देखेर तिनी बेचैन
भए । तिनीहरूले
शारीरिक रूपमा मात्र नभएर
सामाजिक, भावनात्मक र आत्मिक
रूपमा पनि कष्ट
भोगिरहेका थिए ।
कुष्ठरोगीहरूको शिविरमा मानिसहरू यति
बिग्रिएका थिए कि
मद्यपान, अनैतिकता र दुव्र्यवहार
व्याप्त थिए ।
लाग्थ्यो, तिनीहरूमा आशाको कुनै
त्यान्द्रो पनि बाँकी
थिएन ।
दामिन
७०० कुष्ठरोगीहरूका बिचमा
बसे । तिनलाई
खतरा थाहा थियो
। तिनीहरूका बिचमा
बारम्बार सम्पर्क गर्दा आइपर्ने
नतिजाबारे तिनी सचेत
थिए । तथापि
ती आशाविहीन मानिसहरूमा
आशा जगाउन लागिपरे
दामिन । तिनले
अस्पतालहरूको स्थापना गरे; औषधी
पसलहरू खोले र
मण्डलीहरू खडा गरे
। त्यस्तो दुर्दशाग्रस्त
अवस्थामा परमेश्वर कहाँ हुनुहुन्छ
भन्ने प्रश्नको उत्तर
जुटाए तिनले ।
मण्डलीको
सेवा सञ्चालन हुँदा
ती कुष्ठरोगीहरूका बिचमा
खडा भएर तिनले
प्रेमपूर्वक सम्बोधन गर्थे, “मेरा
प्रिय दाजुभाइहरू ।”
तिनीहरूका बिचमा १६ वर्षसम्म
सेवा गरेपछि कुष्ठरोग
लागेर नै तिनको
निधन भयो ।
ती मानिसहरूप्रति भएको
प्रेमको कारणले गर्दा नै
तिनी एक कुष्ठरोगी
बन्नसम्म तयार रहे
। तिनले ती
कुष्ठरोगीहरूलाई यस्तो महानतम उपहार
सुम्पे जसले तिनीहरूको
अनन्त गन्तव्यमा परिवर्तन
ल्याउँथ्यो । तिनको
सेवाको सम्मान गर्दै तिनलाई
“परोपकारको सहिद” भनिएको छ
। तिनी कुष्ठरोगी
र अछुतहरूका आत्मिक
संरक्षक हुन् ।