अन्तरिक्षयात्री
चाल्र्स डुकको जन्म ख्रीष्टाब्द
१९३५ मा अमेरिकामा
भएको थियो ।
१९७२ मा अपोल्लो १६ नाउँ गरेको
अन्तरिक्ष यानमार्फत तिनले चन्द्रमाको
धरातलमा पाइला टेक्दा तिनी
३७ वर्ष पुगेका
थिए । तिनी
पृथ्वीको एक मात्र
उपग्रह चन्द्रमामा हिँड्ने दसौँ
मानिस बन्नुका अतिरिक्त
सबैभन्दा कान्छो व्यक्ति पनि
बने । चन्द्रमामा
पुग्दासम्म तिनी ख्रीष्टियान
बनेका थिएनन् ।
तर त्यसपछि तिनी
बने । तिनी
समर्पित ख्रीष्टियान बने र
झ्यालखानाका बन्दीहरूका निम्ति तिनी
सक्रिय रूपमा सेवामा होमिए
। हाल ८१
वर्षका यी वृद्ध
मानिसको गवाही यस प्रकार
छ:
चन्द्रमामा
हिँडेपछि मलाई दिक्क
लाग्यो । मैले
इतिहासका पुस्तकहरूमा ख्याति, भाग्य,
स्थान पहिले नै
कमाइसकेका थिएँ ।
... म पति र
पिताको भूमिका निर्वाह गर्नबाट
दयनीय रूपमा चुकेको
थिएँ । मेरो
जीवनभर म मण्डलीमा
गएको भए तापनि
प्रत्येक आइतबार बिहान एक
घण्टा मात्र मलाई
परमेश्वरको आवश्यकता पथ्र्यो ।
चन्द्रमा पनि आत्मिक
अनुभव बन्न सकेको
थिएन । मैले
परमेश्वरको खोजी गरिरहेको
थिइनँ । जसरी
तपाईंहरूले अमेरिकाका राष्ट्रपतिहरूलाई चिन्नुहुन्छ
मैले त्यसरी नै
येशूलाई चिनेको थिएँ अर्थात्
म उहाँको नाउँलाई
मात्र चिन्थेँ ।
मेरो कामले सफलता
पायो र मैले
पैसा कमाएँ तर
मलाई फेरि दिक्क
लाग्यो ।
तर
डोटी त्यस्ती [चाल्र्सकी पत्नी]
थिइनन् । उनी
परिवर्तन भएकी थिइन्
। उनको निराशा
हटेर गएको थियो
र उनले नयाँ,
भरोसा गर्ने विश्वासलाई
प्रदर्शित गर्दै थिइन् ।
आफ्ना समस्याहरूका लागि
उनी परमेश्वरकहाँ फर्किन्,
मकहाँ होइन ।
एक रात म
उनीसँगै बाइबल अध्ययनमा सहभागी
भएँ जुन एउटा
संवेदनशील प्रश्नमा केन्द्रित थियो,
‘येशू को हुनुहुन्थ्यो
?’ मेरो जीवनभर मैले ‘परमेश्वरका
पुत्र’ भनेको थिएँ तर
मैले कहिल्यै उहाँमाथि
भरोसा गरेको थिइनँ
। त्यस रात
मैले उहाँलाई पछयाउने
मौकाको आमनेसामने सामना गरेँ
। हाम्रो कारको
अगाडिको सिटमा मैले डोटीसितै
प्रार्थना गरेँ अनि
मेरो जीवन ख्रीष्टमा
सुम्पेँ । मैले
स्वर्गदूतहरू देखिनँ । मैले
सङ्गीत सुनिनँ । अन्धो
तुल्याउने कुनै ज्योति
चम्केन । तर
मलाई जे थाहा
थियो त्यो मलाई
थाहा थियो ।
यो वास्तविक थियो
।
अर्को
दिन बाइबल पढ्ने
तीव्र इच्छासहित म
ब्युँझेँ । मलाई तिन
दिन चन्द्रमामा हिँड्न
सरकारले ४० करोड
अमेरिकी डलर खर्च
गर्नुपर्यो
र त्यो सकियो
। तर येशूसित
सित्तैँमा हिँड्न पाइन्छ र
यो सदासर्वदाको निम्ति
हो ।