menu bar

Monday, April 11, 2016

प्रार्थनाको शक्तिको कारणले गर्दा हमला गर्ने हिटलरको मनसायमा परिवर्तन



एडोल्फ हिटलर जर्मनीका तानाशाह थिए जसले पोल्यान्डमाथि हमला गरेपछि ख्रीष्टाब्द १९३९ मा दोस्रो विश्वयुद्धको थालनी भएको थियो दोस्रो विश्वयुद्धको इतिहास (ख्रीष्टाब्द १९३९१९४५) मा एउटा अनौठो पक्ष भनेको ३० सेप्टेम्बर १९३८ मा म्युनिक सम्झौतामा हिटलरको हस्ताक्षर हो उक्त सम्झौताले इङ्गल्यान्डमाथि हमला गर्न तिनको हात बाँधिदिएको थियो हिटलर ती मानिस थिए जो युद्धको लागि तम्तयार थिए तिनले इङ्गल्यान्डतर्फ आफ्नो बन्दुक तेर्साउनै लागेका थिए त्यस बेला इङ्गल्यान्ड कमजोर थियो आफ्नो प्रतिरक्षा गर्न असमर्थ थियो हिटलरको हस्ताक्षर तिनको आफ्नै स्वभावको विरुद्धमा मात्र थिएन तर तिनलाई जे गर्न सल्लाह दिइएको थियो त्यसको विरुद्धमा पनि थियो

हिटलर सधैँ आफ्नो भित्री आवाजको बारेमा चर्चा गर्थे तिनले भनेका छन्, “भित्री आवाजले मलाई भनेको थियो इङ्गल्यान्ड कमजोर सहाराविहीन भएको बेलामा नै त्यसमाथि आक्रमण गर्ने उपयुक्त समय थियो तर केही कुरोले ममाथि विजय हासिल गर्यो मैले त्यस सम्झौतामा हस्ताक्षर गरेँ उक्त हस्ताक्षरको कारणले गर्दा तिनी बाँकी जीवनभर बैचैन भए आफूसित रिसाए

केले गर्दा हिटलरले म्युनिक सम्झौतामा हस्ताक्षर गरे जसको कारणले गर्दा तिनले इङ्गल्यान्डमाथि हमला गर्न पाएनन ? प्रार्थना दक्षिणी वेल्समा सयौँ मानिसहरू भेला भएका थिए जसले बेलुका सातदेखि मध्यरातसम्म शान्तिको लागि प्रार्थनामा बिताएका थिए युद्ध पन्छिओस् भनी विश्वासीहरूले प्रार्थना गरेका थिए हिटलरले भनेका छन्, “त्यो पहिलो पटक थियो जुन बेला मैले मेरो आवाजलाई सुनिनँ धेरै मानिसहरूको विश्वासअनुसार त्यो शैतानको आवाज थियो

प्रार्थनाको कारणले गर्दा कति ठुलो विजय हासिल गरियो भनी बताइरहनु पर्दैन जब हामी पवित्र आत्माको अगुवाइमा एकसाथ प्रार्थनामा भेला हुन्छौँ हामीले जीवनभर कल्पना नगरेको शक्तिको नतिजालाई हात पार्छौं      

Leave Your Comments Here.