menu bar

Sunday, April 10, 2016

अन्तरिक्षमा यात्रा गर्नुअगि सेपार्डले अपेक्षा गरे, “परमेश्वरका नियमहरू परिवर्तन हुँदैनन्”



अलान सेपार्ड ख्रीष्टाब्द १९२३ मा अमेरिकामा जन्मेका थिए अन्तरिक्षमा यात्रा गर्ने तिनी दोस्रो व्यक्ति हुन् पहिलो व्यक्ति रूसका युरी गागरिन हुन् तर अन्तरिक्षमा यात्रा गर्ने पहिलो अमेरिकीको रूपमा भने तिनले इतिहास रचेका छन् तिनी चन्द्रमाको धरातलमा पाइला टेक्ने पाँचौँ व्यक्तिसाथै सबैभन्दा पाका मानिस पनि हुन् पछि तिनी अपोल्लो १४ मिसन (१९७१) को अगुवा बनेका थिए  

अन्तरिक्षयात्री सेपार्डले पहिलो पटक अन्तरिक्षमा जाने तयारी गर्दै थिए तिनी पत्रकार सम्मेलनमा उपस्थित थिए पत्रकारले जुन प्रश्न सोधे त्यो अस्वाभाविक थिएन

पत्रकारको प्रश्न थियो, “मिस्टर सेपार्ड, यस फ्लाइटमा तपाईं केमाथि भरोसा गर्दै हुनुहुन्छ ?”

निस्सन्देह, सेपार्डले जुन उत्तर दिए पत्रकारले त्यस्तो अपेक्षा गरेका थिएनन् सेपार्डको जवाफ थियो, “परमेश्वरका नियमहरू परिवर्तन हुँदैनन् भन्ने सत्यतामा भरोसा गर्दै छु

जब कसैले अन्तरिक्षमा जाने तयारी गर्छ र सकुशल पृथ्वीमा फर्कने अपेक्षा गर्दछ भने अन्तरिक्षमा परमेश्वरले स्थापित गर्नुभएका नियमहरूमा बद्लाउ आउनुहुँदैन । उहाँका ती नियमहरू अपरिवर्तनशील छन् भन्ने भरोसामा नै अन्तरिक्षहरू आकाशमा जान्छन् ।  

Leave Your Comments Here.