अपराधको
लामो इतिहास बोकेका
दुई जना किशोरले
न्युयोर्कस्थित वाईएमसीए अफिस लुटे
। वाईएमसीए जवान
मानिसहरूको ख्रीष्टियान संस्था हो
जुन विश्वव्यापी रूपमा
फैलिएको छ ।
बाहिर निस्कने क्रममा
तिनीहरूले एक जना
मानिसलाई टेलिफोन स्विचबोर्डमा देखे
जसको नाउँ डोनाल्ड
थियो । तिनीहरूको
सन्त्रासमा तिनीहरूलाई लाग्यो कि
तिनले प्रहरीलाई फोन
गर्दै थिए ।
तिनीहरूले तिनलाई समाते र
निर्दयतापूर्वक कुटपिट गरे ।
मरे होलान् भन्ने
ठानेर तिनलाई त्यसै
छाडी तिनीहरू फरार
भए । डोनाल्ड
बाँच्न सफल भए
यद्यपि तिनले एउटा आँखा
भने गुमाए ।
पछि
ती दुई जना
लुटेरा गिरफ्तार गरिए र
तिनीहरूको न्यायिक जाँच पडताल
गरियो । तिनीहरूले
लामो समयसम्म दण्ड
भोग्ने थिए भनी
तिनीहरूका साबिक अभिलेखले देखाउँथ्यो
। तर जाँचबुझमा
डोनाल्डले ईश्वरीय मनोवृत्ति प्रदर्शित
गरे । दुवै
जनालाई जमानीमा छाडिओस् भनी
तिनले न्यायाधीशलाई बिन्ती
गरे । डोनाल्ड
तिनीहरूलाई अर्को मौका दिन
चाहन्थे । किनकि
तिनीहरू बद्लन सक्थे भन्ने
तिनको विश्वास रहेको
थियो ।
दुईमध्ये
एक जनाले आफ्नो
मौकालाई दुरुपयोग गर्यो ।
उसले अर्को अपराध
गर्यो
र पक्राउ परेपछि
उसलाई झ्यालखानामा हालियो
।
तर
अर्का किशोर डोनाल्डको
दयाप्रति जवाफदेही बने ।
तिनी कलेज भर्ना
भए र अन्त्यमा
तिनी मेडिकल स्कुलमा
गए । तिनी
अमेरिकाकै एक प्रमुख
डाक्टर बने ।