ख्रीष्टाब्द
१७३७ मा ग्रेट
ब्रिटेनमा जन्मेका थोमस पाइने
प्रभावशाली लेखक थिए
। पाइनेद्वारा लिखित
एउटा कृतिको नाउँ
हो, द एज
अफ
रिजन
(अर्थात् कारणको युग) ।
यस पुस्तकमा लेखकले
ख्रीष्टियानहरूको पवित्रशास्त्र बाइबलको वैधानिकतामाथि प्रश्न
तेर्साउनुका अतिरिक्त ख्रीष्टको स्थानापन्न
मृत्युलाई “अन्वेषण” भनेका छन्
। येशू ख्रीष्ट
मानव–जातिको पापको
सट्टामा मर्नुभयो भन्ने बाइबलीय
शिक्षालाई ख्रीष्टको स्थानापन्न मृत्यु
भनिन्छ । यो
शिक्षा एउटा मुख्य
ख्रीष्टियान विश्वासभित्र पर्दछ । तर
पाइनेले यही शिक्षामाथि
आक्रमण गरेका थिए ।
यति मात्र होइन
मानिसहरूले बाइबालको साटो तिनको
पुस्तकलाई पढ्नेथिए भनेर पनि
तिनले भविष्यवाणी गरेका
थिए । तिनको
पुस्तकले बाइबललाई विस्थापित गर्छ
भनी तिनले हाँक
दिएका थिए ।
तर
के भयो ? के
तिनको अनुमान सही
साबित हुन आइपुग्यो
? इतिहासले तिनको अपेक्षालाई पुरा
गरिदिएन । सायद,
पहिलो पटक तपाईंले
यस पुस्तकको नाउँ
सुन्दै हुनुहुन्छ ।
तर
बाइबल आज पनि
संसारमा सबैभन्दा बेसी बिक्री–वितरण हुन सफल
पुस्तक हो ।
युनाइटेड
बाइबल
सोसाइटिजले ख्रीष्टाब्द
१९९८ सम्ममा धर्मशास्त्रको
अंशसाथै छनौटलाई जोड्दा ५
अरब ८५ करोड
बाइबलका प्रतिहरूलाई वितरण गरेको
थियो । गिदोन्स इन्टरनेसनल नामक संस्थाले
मात्रै ख्रीष्टाब्द १९०८ देखि
१ अरब ८०
करोडको सङ्ख्यामा पुरै बाइबल
वा नयाँ करारलाई
वितरण गरेको थियो
। पुरै बाइबल,
नयाँ करार वा
बाइबलका अंशहरू हालसम्म लगभग
७ अरबभन्दा बेसी
बिक्री–वितरण भएको छ
भनी अनुमान गरिएको
छ ।