तिनी
अमेरिकामा जन्मेका थिए ।
११ वर्ष पुगेपछि
तिनले चुरोट तान्न
थाले र रक्सी
पिउन सुरु गरे
। तिनी विश्वविद्यालयबाट
निष्कासित गरिए ।
खराबभन्दा खराब मानिसहरूसित
तिनको सङ्गत हुन
पुगेको थियो ।
किशोर
अवस्था नाघेपछि तिनको जीवनले
दुव्र्यसनी, निराशा र हिंसाको
टाकुरा छोएको थियो ।
तिनले आफूलाई मात्र
घृणा गर्थेनन् तर
तिनीभन्दा राम्रो देखिने जोसुकैलाई
पनि । बारम्बार
झगडामा सामेल हुनु तिनको
आदत नै बनेको
थियो । जीवनदेखि
निराश भएर धेरै
पटक तिनले आत्महत्या
गर्ने कोसिस नगरेका
पनि होइनन् तर
ती सबै प्रयास
असफल बने ।
हत्याको
आरोप लागेका तिनी
पक्रिए र झ्यालखानामा
हालिए । थुनामा
पर्दा तिनी केवल
२१ वर्षका थिए
। तिनमा कुनै
आशा थिएन न
त तिनका सङ्गीहरू
थिए न त तिनको परिवार नै
।
कारागारमा
दिनहरू बित्दै थिए ।
एक दिन तिनले
झ्यालखानामा नै एउटा
बाइबल फेला पारे
। तिनले पहिले
कहिल्यै बाइबल पढेका थिएनन्
। तिनले बाइबल
पढ्न सुरु गरे
र येशू र
उहाँको प्रेमको विषयमा सिके
।
मत्ती
५:४ मा
येशूले भन्नुभएका वचनहरू (धन्य
शोक गर्नेहरू, किनभने
तिनीहरूले सान्त्वना पाउनेछन्) ले
तिनलाई सान्त्वना दिए ।
तिनले आफ्नो जीवनमा
पहिले कहिल्यै त्यस्तो
सान्त्वना, शान्ति र साँचो
प्रेमको महसुस गरेका थिएनन्
। तिनले जीवनमा
पहिलो पटक प्रार्थना
गरे र परमेश्वरलाई
आफ्नो जीवनमा आउन
निमन्त्रणा दिए ।
तिनले
पिता परमेश्वरको यस्तो
प्रेमको महसुस गर्न पाएका
थिए कि तिनी
आत्माको गहिराइबाट रुन थाले
। तिनी सदाको
लागि बद्लिए ।
तिनले परमेश्वरलाई पछयाउने
सङ्कल्प गरे ।
तिनले बाँकी जीवन
उहाँको चरणमा सुम्पिदिए ।
परमेश्वरको
अनुग्रहद्वारा पछि तिनी
जेलमुक्त भए ।
तिनी शारीरिक रूपमा
मात्रै फुक्क भएनन् तर
आत्मिक रूपमा पनि ।
तिनी
विश्वासी बनेर मात्र
रहेनन् । परमेश्वरको
बोलावटलाई आदर गर्दै
तिनी पास्टर बने
। तिनले बिहे
गरे । केही
वर्षभित्रमा नै तिनको
दर्द र दु:खकष्टको जीवन आनन्द
र शान्तिको जीवनमा
रूपान्तरण भयो ।
तिनको नाउँ हो—
जोन क्रेनर ।
यसरी
बाइबलले एउटा कैदीलाई
पास्टरमा रूपान्तरण गरिदियो ।