menu bar

Friday, April 22, 2016

डाक्टरहरूले मर्छन् भनी घोषणा गरेका संसारकै सर्वाधिक धनाढय व्यक्ति थप ४४ वर्ष बाँचे



ख्रीष्टाब्द १८३९ मा अमेरिकामा जन्मेका जोन डी. रकफेलर २३ वर्षमै करोडपति बने ५० वर्षको उमेरमा आइपुग्दा तिनी संसारकै सबैभन्दा धनाढय व्यक्ति बने तिनको ५३ औँ वर्षमा तिनी बिरामी परे तिनलाई यस्तो रोग लागेको थियो कि कुनै पनि डाक्टरले त्यस रोगको किटान गर्न सकेन तिनका कपाल परेला झरे तिनले दुध पातला बिस्कुटहरू मात्र खान सक्थे तिनी सुत्न सक्दैनथ्ये तिनको शरीर सुकेर जिउँदो लाशजस्तो बन्यो तिनको ५४ औँ वर्षको आरम्भमा संसारका तिन जना सर्वोत्कृष्ट डाक्टरहरूले तिनी थप एक वर्ष पनि बाँच्दैनथ्ये भनी तिनलाई अवगत गराए  

तर एक बिहानको कुरो हो तिनी सुत्न नसकेर बेचैन थिए तिनको मनमा धन सम्पत्ति थुपार्ने विषयमा प्रभु येशूले भन्नुभएका वचनहरू गुञ्जन थाले वचन यस्तो शक्तिसहित आयो कि तिनले पहिले कहिल्यै त्यस्तो अनुभव गरेका थिएनन् तिनले येशू ख्रीष्टको अर्थशास्त्रलाई प्रस्टसँग बुझे घण्टापछि रकफेलर आफ्नो जीवनको लागि नयाँ दिशा लिएर ओछयानबाट झरे जति समय बाँकी रहेको भए तापनि तिनले पहिले जसरी रुपियाँपैसा जम्मा गरेका थिए त्यसरी नै रुपियाँपैसा दिने निधो गरे

कसैले अनुमान गरेको कि मलेरिया, डिपथेरिया (घाँटी दुख्ने एक किसिमको रोग), क्षयरोगको उपचार पेन्सिलिनको आविष्कारको कारणले आज ५० करोड मानिसहरू बाँच्न सफल भएका छन् जुन रकफेलरले खोज अनुसन्धानको लागि दिएको पैसाले सम्भव बनाइदिएको थियो

रकफेलरको जीवनमा चाहिँ के भयो नि ? आफ्नो जीवन बदल्ने तिनको घोषणाको महिनापश्चात् तिनले छक्क परेका ती आफ्ना डाक्टरहरूलाई बताए कि तिनले पहिले त्यस्तो आरामको महसुस कहिल्यै गरेका थिएनन् तिनी मर्नेथिए भनी निष्कर्ष निकाल्नको लागि जे जति लक्षणहरू देखा परेका थिए ती सबै गायब भएर गए तिनी थप ४४ वर्ष बाँचे तिनको अधिकांश स्वास्थ्य अवस्था उत्तम रहयो १९३७ मा ९८ वर्षको उमेरमा तिनको निधन भयो

Leave Your Comments Here.