उनको
नाउँ हो, किम
फुक । हाम्रो
महादेशको दक्षिण–पूर्वमा पर्ने
मुलुक भियतनामको ट्रङ्ग
बाङ्ग नाउँ गरेको
गाउँमा बस्थिन् उनी र
उनको परिवार । भियतनाम युद्ध (ख्रीष्टाब्द १९५९–१९७५)
को चपेटामा पर्ने
बाल–बालिकाहरूमध्ये किम
फुकको कथा ह्दय
विदारक छ ।
यो उनै ९
वर्षकी ठिटीको कहानी हो
जो भियतनाम युद्धमा
बाँच्न सफल भएकी
थिइन् ।
८
जुन १९७२ मा
किम फुकको गाउँमा
विमानबाट नाप्लाम नामक बम
खसालियो । यो
अत्यधिक प्रज्वलनशील पदार्थ थियो
। यसले मानिसको
छालालाई डढाइदिन्थ्यो । यस
आक्रमणमा परेर किमका
दुई जना नातेदार
र अन्य दुई
जना गाउँले मारिए
। ९ वर्षकी
किमको शरीरमा यो
पदार्थ पर्ने बित्तिकै उनलाई
असहय भएको थियो
। आफ्नो वस्त्र
खोलेर उनी नाङ्गै
भागिन् । फोटो
पत्रकार निक उतले
किमलगायत अन्य व्यक्तिहरू
भागिरहेको दृश्यलाई आफ्नो क्यामेरामा
कैद गरे ।
किमको नग्नताको दृश्यको
कारणले सुरुमा न्युयोर्क टाइम्सले यसलाई
प्रकाशित गर्न अरुचि
देखाए तापनि पछि
यसलाई छापिएको थियो
। पछि यो
फोटो विश्व चर्चित
भयो र यसले
परिचित पुरस्कारहरू हात पार्यो
।
धुवाँको
कालो मुस्लोको बिचमा
रुँदै भागिरहेकी एउटी
नग्न स्त्रीको दृश्यले
फोटो पत्रकार निक
उतको तुरुन्तै ध्यान
खिँच्यो । उक्त
पदार्थले यति बेलासम्म
९ वर्षकी ठिटीको
घाँटी, शरीरको पछाडिको भाग
र देब्रे पाखुरामा
ठुलै चोट पुर्याइसकेको
थियो । पत्रकारले
आफ्नो क्यामेरालाई थन्कोमन्को
गरी तिनी बच्चीको
मदतको लागि खटिए
। तिनले किमलगायत
अन्य केटाकेटीहरूलाई आफ्नो
भ्यानमा राखी अस्पताल
पुर्याए
। भ्यानभित्र किम
चिच्च्याउँदै थिइन्, “म मर्दै
छु, म मर्दै
छु ।” उनको
परिवारलाई उनी बाँच्लान्
जस्तो लागेको थिएन्
। १४ महिनाको
अस्पताल बसाइमा उनको कैयौँ
शल्यक्रिया गरिनुका अतिरिक्त उनको
छालाको प्रत्यारोपण गरियो ।
अन्तत: उनी बाँच्न
सफल भइन् ।
तर
किमले शान्तिको सास
फेर्न सकिनन् ।
उनी गायब हुन
चाहन्थिन् । उनले
आत्महत्या गर्नेसम्मको सोच बनाइकी
थिइन् । आत्महत्या
गरेको खण्डमा उनले
मानसिक, शारीरिक र भावनात्मक
पीडा भोग्नुपर्दैनथ्ये भन्ने
उनको बुझाइ रहेको
थियो ।
विभिन्न
धार्मिक पुस्तकहरूको अध्ययनबाट किमले
जवाफ खोजिन् ।
१९ वर्षको उमेरमा
उनी ख्रीष्टियान भएपछि
उनले नयाँ जीवन
पाइन् । उनलाई
बाँच्नुको अर्थ लाग्न
थाल्यो । उनले
कल्पना नगरेको आशा फेला
पारिन् । उनले
जीवनमा उद्देश्य देखिन् ।
उनले भनेकी छन्,
“म ख्रीष्टियान भएपछि
म, येशू र
परमेश्वरसित मेरो अचम्मको
सम्बन्ध रहेको छ ।”
फुकमा
बाँच्ने आशा मात्र
पलाएन, जीवनमा केही गरेर
देखाउने आँट पनि
जाग्यो । क्यानडाको
नागरिकता लिएकी फुक हाल
लेखिकासाथै युनेस्कोको
गुडविल
राजदूत
हुन् । ५३
वर्ष पुगेकी फुकले
किम
फुक
फाउन्डेसन
पनि खोलेकी छन्
जुन संस्थाले युद्धमा
परेका बाल–बालिकाहरूलाई
मदत पुर्याउने काम गर्दछ
।
फुक
भन्छिन्, “बमको आगोले
मेरो शरीरलाई जलायो
। डाक्टरहरूको सिपले
मेरो छालालाई निको
पार्यो
। तर मेरो
ह्दयलाई चङ्गाइ गर्न परमेश्वरको
शक्तिको खाँचो पर्यो ।”