अब्दुल
मसिहले भारतको लखनाउमा पढाइरहँदा
तिनले कानपुर घुम्न
जाने निधो गरे
जहाँ तिनले ब्रिटिस
इस्ट इन्डियाका पादरी
हेन्री मार्टिनसित मित्रता गाँसे
। मार्टिनले हरेक
आइतबार भिक्षाको लागि जम्मा
भएका गरिबहरूलाई प्रचार
गर्थे । अब्दुल
धनी मानिस भए
तापनि मार्टिनको प्रचारबाट
प्रभावित भई तिनी
पनि ती सेवाहरूमा
उपस्थित हुन थाले
। त्यहीँ नै
अब्दुलले पहिलो पटक सुसमाचार
सुन्ने मौका पाए
। सुसमाचारले तिनको
ह्दयमा काम गर्यो
। ३८ वर्षको
उमेरमा अब्दुलले नयाँ जन्म
पाए अर्थात् तिनी
ख्रीष्टको अनुयायी बने ।
तिनमा ख्रीष्ट र
ख्रीष्टियान धर्मशास्त्रको बारेमा थप जान्ने
उत्साह जाग्यो । तिनले
मार्टिनद्वारा उर्दु भाषामा अनुवाद
गरिएको नयाँ करारलाई
पढ्न लागे ।
ख्रीष्टाब्द
१८११ मा आइतबारका
दिन कलकत्ताको पुरानो
चर्चमा अब्दुलले डेभिड ब्राउनद्वारा
पानीको बप्तिस्मा लिए ।
बप्तिस्मापश्चात् तिनको नाउँ अब्दुल
मसिह राखिएको थियो
जसको अर्थ हुन्छ,
“मसिहका सेवक ।”
तिनको पहिलेको नाउँ
सिख सालिह थियो
। ख्रीष्टियान अगुवाहरूको
अधीनमा रहेर वचन
सिक्दै तिनले वर्षौं बिताए
। पछि तिनी
अभिषिक्त ख्रीष्टियान अगुवा बने
।
सेवकसाथै
लेखक अब्दुल मसिहलाई
एक प्रभावशाली स्थानीय
ख्रीष्टियान अगुवाको रूपमा आदर
गरिन्छ । उन्नाइसौँ
शताब्दीको भारतीय ख्रीष्टियान मिसनमा
तिनको उल्लेखनीय प्रभाव
परेको थियो ।
ख्रीष्टाब्द
१७७६ मा भारतको
दिल्लीमा अब्दुलको जन्म एउटा
ईश्वरभक्त मुसलमान परिवारमा भएको
थियो । तिनी
आफ्नो धर्ममा एक
आदरणीय विद्वान् थिए ।
तर येशूको सुसमाचारको
ज्योतिले तिनलाई ख्रीष्टको सेवकमा
परिणत गर्यो ।