त्यस
बेला तिनी विद्यार्थी
थिए । कसैले
तिनको हातमा बाइबल
थमाइदियो । त्यस
बाइबलले तिनको जीवनमा यस्तो
असाधारण प्रभाव पाथ्र्यो भनी
कसैले अनुमान पनि
गरेको थिएन ।
त्यही
सानो बाइबल पढेर
ती विद्यार्थीले येशू
ख्रीष्टको बारेमा चिन्ने मौका
पाए र तिनले
उहाँलाई आफ्नो प्रभु र
मुक्तिदाता भनी ह्दयमा
स्वीकार गरे ।
खास गरी एफिसी
२ अध्यायले तिनको
ह्दयलाई छोएको थियो ।
उद्धारलाई कमाउन सकिँदैन र
यो केवल अनुग्रहद्वारा
पाइन्छ भनी तिनले
बुझे जस्तो प्रेरित
पावलले प्रस्ट पारेका छन्,
“किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले
उद्धार पाएका छौ— र
यो तिमीहरू आफैबाट
होइन, यो त
परमेश्वरको वरदान हो— कर्महरूद्वारा
होइन, नत्रता मानिसले
घमण्ड गर्नेछ” (एफिसी
२:८–९)
।
को
थिए ती विद्यार्थी
? क्रेग ग्रोस्चेल । तिनी
अमेरिकाको लाइफ
चर्चका वरिष्ठ
पास्टर हुन् ।
यो मण्डली अमेरिकाकै
सर्वाधिक ठुलो मण्डली
हो । अमेरिकाको
सात ओटा राज्यको
पच्चिस ओटा स्थानमा
यसले आफ्नो सेवाको
पाल तन्काएको छ
। यस मण्डलीमा
हरेक हप्ता झण्डै
एक लाख मानिस
जम्मा हुन्छन् ।
यस मण्डलीको बाइबल
एप्सलाई २० करोड
पटक डाउनलोड गरिएको
छ । हाल
क्रेग ४९ वर्ष
पुगेका छन् ।