नेनेट्स
रुसको उत्तरी भागमा
बसोबास गर्ने एक आदिवासी जातिको नाउँ हो
। यी आदिवासीहरूले
सिकार गर्नुकासाथै माछा
मार्ने काम गर्थे
। यो एक
जना आदिवासीले अनुभव
गरेको अनौठो घटना
हो ।
यो
वर्षौंअगिको कुरो हो
। रुसको साइबेरियामा
नेनेट्स आदिवासी जातिको एक
जना मछुवा थिए
। तिनी खानाको
खोजीमा गएका थिए
। कुनै ईश्वरले
तिनको आवाज सुनून्
भनी तिनले ईश्वरको
पुकारा गरे ।
तिनले जवाफ स्वरूप
एउटा चिन्ह पनि
मागे ।
ती
मछुवाले प्रार्थना सकेको केही
समय बित्न नपाउँदै
आकाशबाट तिनको नजिकै एउटा
बाइबल खस्यो ।
तिनी परमेश्वरको वचनको
प्रति लिएर आफ्नो
गाउँमा फर्के र तिनको भनाइ
थियो, “मैले चिन्ह
पाएँ ।” ती
मछुवा एउटा मण्डलीमा
उपस्थित भए जहाँ
नेनेट्स जातिका ३० जना
ख्रीष्टियान सङ्गति गर्थे ।
त्यो
बाइबल आकाशबाट कसरी
खसेको रहेछ त
? ती मछुवाले चिन्ह
प्राप्त गरेको दिनमा रुसको
सलेकहार्ड नामक सहरबाट
एउटा हेलिकप्टर उडेको
कुरा ती गाउँलेहरूलाई
थाहा थिएन ।
त्यस विमानमा दुई
जना सरकारी कर्मचारीहरूले
खाँचोमा परेका ती गाउँलेहरूलाई
केही राहत ल्याएका
थिए । तिनीहरू
आकाशमा उड्दै गर्दा तिनीहरूले
विमानभित्र भएका सामानहरू
बन्दोवस्त गरे ।
एक जनाले अर्कोलाई
भन्यो, “यी खानाका
बाकसहरू त ठिकै
छन् तर हामीलाई
यी पुस्तकहरूको के
खाँचो ?” त्यसैले, एक जना
अधिकारीले झ्यालबाट केही बाइबलहरू
फ्याँक्न थाले ।
ती खसालिएका बाइबलहरूमध्ये
एक प्रति ती
मछुवाको नजिकै खस्न पुगेको
थियो ।