जेफ्री
विलियम्स नासाका अन्तरिक्षयात्री हुन्
। तिनको जन्म
ख्रीष्टाब्द १९५८ मा
अमेरिकामा भएको हो
। तिनी एक
समर्पित ख्रीष्टियान हुन् ।
अन्तरिक्षमा मा नै
तिनले भजनसंग्रह २४
का वचनहरू पढेका
थिए जसको पहिलो
पदमा लेखिएको छ,
“पृथ्वी र त्यसमा
भएका जो–जति
छन् सबै परमप्रभुका
हुन्, संसार र
त्यसमा वास गर्नेहरू
सबै उहाँकै हुन्
।” ५८ वर्षका
विलियम्सले गत इस्टरको
दिन अर्थात् मार्च
२७ मा ट्विट
गरेका थिए जसमा
तिनी सृष्टिकर्ताको कार्यमा
उहाँका शक्ति र सुन्दरता
देखेर छक्क परेका
थिए ।
नासा
वा नासाजस्तै संस्थामा
काम गर्नेहरूको झुकाव
नास्तिकवादतर्फ हुन्छ भन्ने साधारण
विचार भए तापनि
जेफ्रीकाअनुसार त्यो साँचो
होइन । यस्ता
संस्थाहरूमा काम गर्नेहरू
पनि धेरै जना
ख्रीष्टियान छन् जो
परमेश्वरको सृष्टिदेखि तिनछक पर्छन्
। तिनकाअनुसार बाइबल
र विज्ञानको बिचमा
द्वन्द्व देख्नहरू ती मानिस
हुन् जसले परमेश्वरको
अस्तित्वलाई स्वीकार गर्न इन्कार
गरेका छन् ।
तिनले भनेका छन्,
“यदि तपाईंसित परमेश्वरको
सम्भाव्यतालाई निषेध गर्ने, अलौकिक
कार्यहरूलाई निषेध गर्ने र
हरेक कुरो प्राकृतिक
प्रक्रियाद्वारा व्याख्या गरिनुपर्छ भन्ने
पूर्वाग्रह छ भने
विज्ञानको वस्तुगत अवलोकनले के
गर्न सक्छ भन्ने
सम्बन्धमा तपाईंले त्यसलाई आधारभूत
रूपमा सीमित पार्नुभएको
छ ।”
अन्तरिक्ष
यात्राबाट फर्केपछि विलियम्सले एउटा
किताब लेखे: द वर्क अफ
हिज
हयान्ड्स:
अ
भिऊ
अफ
गड्स
क्रिएसन
फ्रम
स्पेस
। यो किताब
तिनले अन्तरिक्षमा बटुलेको
तिनको अनुभवसित सम्बन्धित
छ । यसमा
तिनले ईश्वरीय प्रबन्ध,
सृष्टिप्रति परमेश्वरको हेरचाह र
विश्वको रचनामा देखिएको उहाँको
बुद्धिबारे उल्लेख गरेका छन्
।