menu bar

Thursday, April 7, 2016

मानिसहरूको सेवा गर्ने बर्नेटको सपनालाई परमेश्वरले साकार पारिदिनुभएको छ



१६ वर्षको उमेरमा मत्ती बर्नेटले एउटा यस्तो मण्डलीको सपना देखेका थिए जुन हरेक दिन २४ घण्टा खुला होस् आशाविहीनहरूका लागि यसले भौतिकसाथै आत्मिक आवश्यकताहरू जुटाओस्

ख्रीष्टाब्द १९९४ मा २० वर्षको उमेरमा बर्नेट अरिजोना प्रान्तको राजधानी सहर फोनिक्सबाट क्यालिफोर्निया प्रान्तको लस एन्जलसमा गए, १८ जना विश्वासीहरू भएको एउटा सानो मण्डलीमा पास्टरको रूपमा सेवा गर्न

एक रातको कुरो हो परमेश्वरले बर्नेटलाई निद्राबाट बिउँताउनुभयो तिनलाई इको पार्कमा जान आज्ञा दिनुभयो त्यहाँ अपराध, चोरी, डकैती, वेश्यावृत्ति व्याप्त थिए थुप्रै घरबारविहीन भएकाहरू पनि यहीँ नै थुप्रेका थिए यहीँ नै बर्नेटले परमेश्वरको आवाज सुने, “मैले तँलाई यहाँ ठुलो मण्डली स्थापना गर्न बोलाएका होइनँ तर मानिसहरू निर्माण गर्न बोलाएको हुँ तैँले यी मानिसहरूलाई बना मण्डली बनाउनेछु तैँले सफलताको बारेमा फेरि कहिल्यै नसोच् आशिष् हुने विषयमा सोच् सफलता तेरो बोलावटप्रति आज्ञाकारी हुनु हो मैले तँलाई मानिसहरूलाई आशिष् दिन बोलाएको छु तिनीहरूलाई माया गर् तिनीहरूलाई निको पार् तिनीहरूको मदत गर् तिनीहरूको सेवा गर्

परमेश्वरको आदेशलाई शिरोपर गरी बर्नेट छरछिमेकका मानिसहरूकहाँ जान थाले बिस्तारैबिस्तारै मानिसहरू बद्लिए सात वर्ष बितेपछि तिनले चार लाख वर्ग फिट क्षेत्रफल भएको ठाउँमा अवस्थित एउटा अस्पताल किने जहाँ नौ ओटा भवन थिए आज यो चौबिसै घण्टा खुला यसले खाँचोमा परेकाहरूलाई सित्तैँमा परामर्श दिन्छ; खाना उपलब्ध गराउँछ; वस्त्र जुटाइदिन्छ औषधी सेवा पुर्याउँछ दुव्र्यसनमा फसेका, त्यागिएका, वेश्यावृत्तिमा लागेका, अशक्तता भएका हजारौँ मानिसहरूले उक्त सेवाबाट लाभ पाइरहेका छन् लस एन्जलसमा मात्रै हरेक हप्ता ५०,००० मानिसले फाइदा बटुलेका छन् यस सेवाकार्यको नाउँ रहेको : ड्रिम सेन्टर

मत्ती बर्नेटको सपनामा आधारित रहेर आज संसारभर ८५ ओटाभन्दा बेसी केन्द्र खोलिएका छन् अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु. बुसले पनि बर्नेटको प्राप्तिको खुबै प्रशंसा गरेका थिए   

बर्नेटले लेखेका छन्, “परमेश्वरले ममा एउटा कारणको जन्म गराइदिनुभयो जसले विगतका वर्षहरूमा मेरो मात्र रूपान्तरण गरेको छैन तर परिणाम स्वरूप दसौँ लाख मानिसहरूकहाँ पुग्न सकिएको परमेश्वरले हामी सबैलाई महान् कारणको लागि डाक्नुभएको जसलाई हामीले अङ्गालेको उहाँ चाहनुहुन्छ, ... अरूहरूमा सकारात्मक प्रभाव पार्नको लागि तपाईं आफूभन्दा महान् कारणको लागि जिउनुभयो भने तपाईंले शान्ति, आनन्द, जोस दिगो अर्थको लागि जीवन यापन गर्नुहुनेछ

Leave Your Comments Here.