menu bar

Saturday, April 23, 2016

आत्महत्या गर्न कोसिस गरेका १७ वर्षका किशोर बाइबलको वचनद्वारा बद्लिए



१७ वर्षका ती किशोर नास्तिक थिए तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेको भए तापनि भाग्यवश: नमरेर तिनलाई त्यहाँ ल्याइएको रहेछ तिनी कुराकानी गर्ने अवस्थामा थिएन यद्यपि तिनले सुन्न भने सन्थे कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो छोरोको लागि आमाले चर्को सोरमा यूहन्ना १४:१९ को वचनलाई पढिन्, “ जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ जीवित भन्ने शब्दले किशोरको ह्दयलाई छोयो तत्काल तिनले आफ्नो जीवन येशूमा समर्पित गरे, “हे येशू, यदि तपाईंले नै यो जीवन दिनुहुन्छ भने यो चाहन्छु मलाई यो अस्पतालको शैय्याबाट कुशलसाथ बाहिर लैजानुस् सत्यताको खोजीमा हर सम्भाव्य प्रयास गर्नेछु भनी प्रतिज्ञा गर्दछु

येशूले तिनलाई अस्पतालबाहिर मात्र ल्याउनुभएन तर तिनी संसारभरि नै परिचित प्रचारकसाथै लेखक कहलाइएका छन् तिनको नाउँ होरबी जकरिया

ख्रीष्टाब्द १९४६ मा छिमेकी मुलुक भारतमा जन्मेका रबी वर्तमान समयका प्रखर ख्रीष्टियान प्रचारकसाथै रक्षाशास्त्री (अपोलोजिस्ट) हुन् २० वर्षको उमेरमा तिनी आफ्नो परिवारसँगै क्यानडा बसाइँ सरे ७० वर्ष पुगिसकेका रबी सुसमाचार सुनाउँदै ७० भन्दा बेसी मुलुकहरू पुगिसकेका छन् झण्डै साँढे दुई दर्जन कृतिका लेखक तिनी प्रभु येशू ख्रीष्टका पक्का भक्त हुन्

Leave Your Comments Here.