जोन
बनयान लेखक, वक्तासाथै
विचारक थिए ।
पिलग्रिम्स
प्रोग्रेस
नामक आफ्नो कृतिको
लागि तिनी निकै
प्रसिद्ध छन् ।
सत्रौँ शताब्दीका प्रभावशाली स्रस्टा
बनेका बनयानले झण्डै
साठी ओटा पुस्तक
छाडेर गएका छन्
।
ख्रीष्टाब्द
१६२८ मा जोन
बनयानको जन्म इङ्गल्यान्डमा
भएको थियो ।
बुबा थोमस र
आमा मार्गरेटबाट जन्मेका
बनयानको जन्म दिन
थाहा छैन तर
तिनलाई ३० नोभेम्बर
१६२८ मा बप्तिस्मा
दिइएको तथ्य भने
पक्का छ ।
स्कुलमा
प्रारम्भिक शिक्षा हासिल गरी
बनयान १६ वर्षको
उमेरमा सेनामा भर्ना भए
जुन बेला इङ्गल्यान्ड
गृहयुद्धमा फसेको थियो ।
तिन वर्षपश्चात् तिनी
आफ्नै गाउँ फर्के र
आफ्ना पिताबाट सिकेको
पेसामा लागे ।
तिनका पिताले टिनका
भाँडाकुँडा मर्मत गर्थे ।
बनयानले
दुई पटक बिहे
गरे । करिब
२० वर्षको उमेरमा
तिनको पहिलो बिहे
भएको थियो ।
तिनकी पत्नी र
विवाहको वास्तविक मिति अज्ञात
छ । तर
बनयानका अनुसार तिनकी पत्नी
एक ईश्वरभक्त स्त्री
थिइन् । यी
दम्पत्तिबाट जम्माजम्मी चार सन्तान
जन्मे । १६५८
मा तिनकी पत्नीको
मृत्यु भएपछि एक वर्षपश्चात्
तिनले एलिजाबेथसित दोस्रो
बिहे गरे जसबाट
दुई सन्तान जन्मे
।
एक
दिनको कुरो हो
। बनयान कुनै
खेल खेलिरहँदा तिनले
स्वर्गबाट यस्तो आवाज आएको
सुने, “तिम्रा पापहरू त्यागी
तिमी स्वर्ग जान्छौ
कि तिम्रा पापहरू
लिएर तिमी नरक
जान्छौ ?” पछिल्ला केही वर्ष
तिनले आत्मिक सङ्घर्षमा
आफ्नो जीवन गुजारे
।
येशूलाई
स्वीकार गरेपछि तिनी एक
प्रखर ख्रीष्टियान वक्ताको
रूपमा चिनिन थाले
। १६५८ मा
तिनलाई अनुमति नलिईकन प्रचार
गरेको अभियोग लगाइयो
। केही समयको
लागि अधिकारीहरूले सहेको
भए तापनि मण्डलीको
अनुमोदनविना प्रचार गरेको आरोपमा
१६६० मा तिनलाई
गिरफ्तार गरी झ्यालखानामा
हालियो । तिनलाई
“मानिसहरूलाई कानुन विपरीत परमेश्वरको
आराधना गर्न सिकाएको”
भन्ने अभियोग लागेकोले
३ महिनाको जेल
सजाय तोकियो ।
प्रचार गर्न छाडेमा
तिनी जेलमुक्त हुन
सक्थे भन्ने अधिकारीहरूको
विकल्पलाई तिनले इन्कार गरे
। परिणाम स्वरूप
तिनको जेल जीवन
१२ वर्षसम्म लम्ब्याइयो
। बनयानको परिवारको
लागि तिनको जेल
जीवन निकै कष्टदायक
भए तापनि अर्को
परिप्रेक्ष्यबाट हेर्दा तिनको लागि
यो अवधि फलदायक
साबित भयो ।
तिनले झ्यालखानामा नै
बसेर आफ्नो आत्मिक
आत्मकथा ग्रेस अबाउन्डिङ
टु
द
चिफ
अफ
सिनर्स
नामक चर्चित कृति लख्नुकासाथै
तिनको अति नै
प्रसिद्ध कृति पिलग्रिम्स प्रोग्रेस
लेख्न सुरु गरेका
थिए । तिनले
अन्य कैयौँ पर्चाहरू
पनि लेख्न भ्याए
।
१६७२
मा जेलमुक्त भएपछि
तिनले आफ्नो समय
लेखन र प्रचारमा
समर्पित गरे ।
तर १६७६ मा
तिनी फेरि गिरफ्तार
गरिए र दोस्रो
पटक थुनामा राखिए
। यस पटक
तिनले ६ महिना
मात्र बिताउनुपर्यो ।
जोन
बनयानद्वारा लिखित पुस्तक पिलग्रिम्स प्रोग्रेसलाई अङ्ग्रेजी
साहित्यमा अति नै
महत्त्वपूर्ण कृतिको रूपमा आदर
गरिन्छ । २००
ओटा भन्दा बेसी
भाषाहरूमा अनूदित यस कृति
पहिलो पटक १६७८
मा प्रकाशित भएको
थियो । असल
ख्रीष्टियान बनी जिउन
चेष्टा गर्ने एक मान्छेको
कथालाई बनयानले यसमा सशक्त
ढङ्गमा उतारेका छन् ।
३१
अगस्ट १६८८ मा
५९ वर्षको उमेरमा
बनयानको शरीरबाट आत्माको विच्छेद
भई तिनी सदाको
लागि प्रभुको उपस्थितिमा
पुगे ।