ख्रीष्टाब्द
२००९ मा कमल
सलिमको एउटा कृति
प्रकाशित भयो: द ब्लड
अफ
ल्याम्ब्स
। किताबमा उल्लेख
भएअनुसार तिनी पहिले
एक आतङ्ककारी थिए
र तिनले इस्राएल
र अमेरिकालाई घृणा
गर्थे । ख्रीष्टियान,
यहूदी र अमेरिकनहरूको
हत्या गरेर तिनी
सहिद हुनुपथ्र्यो भनी
लेबनानमा मुसलमान परिवारमा जन्मेका
सलिमलाई सानै उमेरदेखि
सिकाइएको थियो ।
मार्नु नै तिनको
जीवनको लक्ष्य बनेको थियो
। तर एउटा
नाटकीय घटनाले तिनले आफ्नो
दृष्टिकोणलाई पुनरावलोकन मात्र गरेनन्
तर बदले पनि
।
सलिम
गम्भीर कार दुर्घटनामा
परेपछि तिनले तिन जना
दयालु ख्रीष्टियानलाई भेट्ने
मौका पाए जसबाट
तिनले वास्तवमै परमेश्वरको
प्रेमको बारेमा जान्ने अवसर
पाए । तिनले
लेखेका छन्, “अल्लाह, तपाईंले
मलाई प्रेम गर्नुभएको
सुन्न चाहन्छु म
। तपाईं वास्तविक
हुनुहुन्छ भने मसित
बोल्नुस् ।” तिनी
जारी राख्छन्, “मैले
मेरा सारा आशा
र विश्वास मेरो
प्रार्थनामा खन्याएँ । तर
त्यहाँ मौनतासिवाय केही थिएन
। मलाई गहन
निराशाले ढाक्यो । मेरो
सारा जीवन एउटा
व्यर्थको छद्य्मवेशी बनेको थियो
।” निराशाको आँधीमा
तिनले आफ्नै ज्यानसमेत
लिन खोजेका थिए
तर एक पटक
तिनले साँचो परमेश्वरलाई
गुहार्न चाहे, “तपाईं वास्तविक
हुनुहुन्छ भने म
तपाईंलाई चिन्न चाहन्छु ।”
दर्शन
मुसलमानहरू ख्रीष्टकहाँ आउने एउटा
माध्यम बनेको छ जुन
सलिमको जीवनमा पनि लागु
हुन्छ । तिनले
दर्शनमा यी शब्दहरू
सुनेका थिए, “म अल्फा
र ओमेगा हुँ
। संसारको उत्पत्तिभन्दा
अगिदेखि नै मैले
तँलाई चिनेको छु
।” सलिमले जवाफ
दिए, “हे प्रभु,
म तपाईंको निम्ति
जिउनेछु र तपाईंको
निम्ति मर्नेछु ।” तिनले
पछि जे सुने
त्यसले तिनलाई सदाको निम्ति
परिवर्तन गरिदियो, “मेरो लागि
नमर् । तँ
बाँच्न सकोस् भनेर म
तेरो निम्ति मरिसकेँ
।” तिनी ख्रीष्टियान
परमेश्वरसित जम्काभेट गर्दै थिए
भनी त्यही क्षणदेखि
तिनले थाहा पाए
। तिनले आफ्नो
सृष्टिकर्तालाई फेला पारे
।
यसरी
आफ्नो जीवन आतङ्कवादको
निम्ति बलिदान गर्न चाहेका
सलिमले ख्रीष्टियानहरूको प्रेम र साँचो
परमेश्वरको दर्शनद्वारा संसारको मुक्तिदाता
येशू ख्रीष्टलाई भेट्टाए
।