menu bar

Friday, April 8, 2016

सत्रौँ शताब्दीका प्रसिद्ध ख्रीष्टियान वैज्ञानिक ब्लाइज पास्कलको बाजी




असाधारण प्रतिभा भएका ब्लाइज पास्कल सत्रौँ शताब्दीका गणितज्ञ, भौतिकशास्त्री, दार्शनिक, अन्वेषक, लेखक, ईश्वरशास्त्री ख्रीष्टियान रक्षाशास्त्री थिए पास्कलको एउटा महत्त्वपूर्ण तर्कलाई पास्कलको बाजी भनेर चिनिन्छ तर यो बाजी क्रिकेटको म्याच कसले जित्छ भन्ने कुरोसित सम्बन्धित छैन कुनचाहिँ उम्मेदवार राष्ट्रपति बन्छ भन्ने कुरोसित सम्बन्धित यो बाजी तपाईंको अनन्त गन्तव्यसित सम्बन्धित यो यस्तो बाजी हो जहाँ तपाईंले घाटा बेहोर्नुपर्दैन यी वैज्ञानिकका अनुसार परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने पक्षमा तपाईंले बाजी थाप्नुभयो उहाँ वास्तवमै हुनुहुन्छ भने तपाईंले अनन्त जीवन असीमित खुसी पाउनुहुनेछ तर उहाँ अस्तित्वमा हुनुहुन्न भने तपाईंले केही पनि गुमाउनुहुन्न अर्कोतिर, परमेश्वर अस्तित्वमा हुनुहुन्न भन्ने पक्षमा कसैले बाजी थाप्छ उहाँ अस्तित्वमा हुनुहुन्छ भने उसले अनन्त दण्ड भोग्नुपर्ने हुन्छ उहाँ वास्तवमै अस्तित्वमा हुनुहुन्न भने उसले बाजी जित्छ तर त्यसमा उसलाई केही लाभ हुँदैन तसर्थ, एउटै मात्र बुद्धिमानी छनौट भनेको परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी विश्वास गर्नु हो   

Leave Your Comments Here.