menu bar

Tuesday, April 26, 2016

शिलालेखको आविष्कारसँगै बाइबलका आलोचकहरू फेरि गलत साबित भए



इतिहासकार लूकाले लेखेका छन्, “कैसर तिबेरिअसका शासनकालको पन्ध्रौँ वर्षमा पन्तियस पिलातस यहूदीयाका हाकिम थिए त्यस बेला हेरोद गालीलका शासक थिए, तिनका भाइ फिलिप इतुरिया त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए” (लूका :) यस पदको अन्त्यमालुसानियास अबिलेनेका शासक थिएभनी लूकाले प्रस्ट पारेका छन्  लूकाको विवरणअनुसार शासक लुसानियास करिब ख्रीष्टाब्द २७ मा शक्तिमा थिए तर उक्त समयमा लुसानियासले शासन गरेका थिए भनी  उल्लेख गरेकाले वर्षौंसम्म सन्देहवादीहरूले लूकाको ऐतिहासिक विवरणमाथि प्रश्न तेर्साउँदै आएका थिए प्रश्न गर्नुको कारण प्रस्ट थियो: इतिहासकारहरूलाई एक जना मात्र लुसानियासको बारेमा ज्ञान थियो जसले ४०३६ ख्रीष्टपूर्वमा खाल्सिसमा शासन गरेका थिए यो भनेको लूकाले उल्लेख गरेको मितिभन्दा झण्डै ६५ वर्ष अगाडिको मिति हो त्यसो भए, के लूकाद्वारा अभिलिखितलुसानियासकाल्पनिक व्यक्ति थिए ? कदापि होइन पुरातत्त्वविद्याले हामीलाई यस कठिनाइको समाधान गर्न मदत पुर्याएको

दमस्कस नजिकै रोमी सम्राट् तिबेरिअसको शासनकाल (ख्रीष्टाब्द १४३७) को एउटा शिलालेख पत्ता लागेको जसमा इतिहासकार लूकाले भनेझैँ लुसानियासको नाउँ उल्लेख गरिएको

अब प्रश्न यो हो कि शिलालेखमा उल्लिखित लुसानियास लूकाद्वारा अभिलिखित लुसानियास नै हो भनेर कसरी थाहा पाउने ? उक्त शिलालेखको अंश यस्तो : “अगस्टस प्रभुहरूका उद्धारको लागि ...अगस्ट एउटा उपाधि थियो एकै पटक दुई जना मानिसले यो उपाधि धारण गरेको समय तिबेरिअसको शासनकालमा मात्रै थियो त्यस बेला तिबेरिअस तिनकी आमा लिभिया दुवैलेअगस्टसभन्ने उपाधि लिएका थिए   ख्रीष्टाब्द १४ मा कैसर अगस्टस (अर्थात् ओक्टाभियन) को निधनपश्चात् उनले यो उपाधि धारण गरेकी थिइन् २९ मा उनको निधन भयो तसर्थ, त्यो शिलालेख ख्रीष्टाब्द १४२९ को बिचमा तयार पारिएको हुनुपर्छ

तब हामी प्रस्ट हुन सक्छौँ कि लुसानियास नाउँ गरेका दुई जना बेग्लाबेग्लै शासकहरू इतिहासमा बाँचेका रहेछन् लूकाले पछिल्लो लुसानियासको उल्लेख गरेका हुन् भनी पुरातत्त्वविद्याले छर्लङ्ग पारेको फेरि एक पटक बाइबलका आलोचकहरू गलत साबित भए पनि इतिहासकार लूका साँचो ठहरिए           

Leave Your Comments Here.