११
मे १९९६ मा
भेलुजेट
फ्लाइट
५०२
नाम गरेको विमान
दुर्घटनामा पर्यो ।
अमेरिकाको फ्लोरिडाबाट जर्जिया उडेको
जहाजमा जम्माजम्मी ११० जना
सदस्य थिए ।
१०५ यात्रु र
चालक दलका ५
जना सदस्यमध्ये कोही
पनि बाँचेन ।
जमिन छाडेको ११
मिनेटपश्चात् विमानमा आगलागी भएर
उक्त दुर्घटना हुन
पुगेको थियो ।
तर
उक्त दुर्घटनासित एउटा
उदेकको घटना जोडिएको
छ ।
डेमिङ्गो
पाचेको नाउँ गरेका
मानिसले पनि भेलुजेट फ्लाइट
५०२
बाटै यात्रा गर्न
टिकट लिएका थिए
। समयमा नै
विमानस्थल पुग्न तिनी आफ्नो
कारमा हुइँकिँदै थिए
। तर पाल्मेट्टो
एक्सप्रेस मार्गमा तिनको कारको
एउटा टायरको हावा
फुस्कियो । चर्को
घाम लागेको थियो
। सडक घामको
रापले जलेको थियो
। तिनी पसिनाले
भिजेका थिए ।
टायर फेर्न तिनलाई
एक घण्टाभन्दा बढी
समय लाग्यो ।
लगत्तै तिनको फोनको घण्टी
बज्यो । फोन
तिनकी आमाको रहेछ
। आमाको प्रश्न
थियो, “तिमी कहाँ
छौ ?”
छोरोले
जवाफ दिए, “म
बाटोमा रोकिनुपर्यो
।” आफ्नो कारको
टायर बदल्नुपरेकोले तिनले
फ्लाइट छाड्नुपरको जानकारी पनि
गराए आमालाई ।
खुसीले
गद्गद् हुँदै आमाले भनिन्,
“तिम्रो रेडियो खोलेर परमेश्वरलाई
धन्यवाद देऊ ।
तिमी जुन विमानबाट
यात्रा गर्न जाँदै
थियौ त्यो एभरग्ल्याड्समा
दुर्घटनामा परेछ ।”
बाटोमा
टाएर फेर्नको लागि
डेमिङ्गोले अलमल नगर्नुपरेको
भए मर्नेहरूको सङ्ख्या
तिनीसहित १११ पुग्नेथियो
। यसैलाई भनिन्छ
ईश्वरीय प्रबन्ध । “हरेक
कुरामा परमेश्वरले भलाइ नै
गर्नुहुन्छ” (रोमी ८:२८) भन्ने
पावलको वचन डेमिङ्गोको
जीवनमा प्रस्ट रूपमा लागु भएको
देखिन्छ ।