उनको
नाउँ हो, गेनेल
जी. म्याकमिलन ।
ख्रीष्टाब्द १९९८ मा
उनी न्युयोर्क प्रस्थान
गरिन् । न्युयोर्कमा
बाँच्नको लागि राम्रो
पेसा हुनुपथ्र्यो भनी
उनलाई थाहा थियो
। न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा कामको
लागि उनलाई भाडामा
लगिँदा उनले पत्यानै
सकिनन् । १९
जनवरी २००१ उनको
कामको पहिलो दिन
थियो । उनले
धेरै दौँतरीहरू बनाउनुकासाथै
रोजर नाउँ गरेका
उनका एक बोई
फ्रेन्ड पनि थिए
।
११
सेप्टेम्बर २००१ को
मिति थियो ।
कुरो बिहानको हो
। म्याकमिलन कामको
लागि ६४ औँ
तलामा थिइन् ।
उनी र उनका
सहकर्मीहरूले ठुलो विस्फोटको
आवाज सुने र
भवन हल्लिन थाल्यो
। के भएको
रहेछ भन्ने कुरो
थाहा नपाउञ्जेल तिनीहरू
उही तलामा नै
बसिरहे ।
११
सेप्टेम्बर २००१ अमेरिकाको
इतिहासमा अति भयावह
दिन साबित भयो
। चार ओटा
यात्रुवाहक विमानलाई १९ जना
अपहरणकारीले नियन्त्रणमा लिई आत्मघाती
आक्रमण गरेका थिए ।
आतङ्कवादी सङ्गठन अलकायदाका तत्कालीन
प्रमुख ओसामा बिन लादेनको
गुरु योजनामा उक्त
आक्रमण गरिएको थियो ।
दुई ओटा विमानलाई
वल्र्ड
ट्रेड
सेन्टरको उत्तर
र दक्षिणपट्टि ठोक्काइएपछि
१ घण्टा ४२
मिनेटभित्रमा ११० तले
दुवै भवन ध्वस्त
हुन पुगे ।
तेस्रो विमानलाई अमेरिकाको रक्षा
मन्त्रालय अर्थात् पेन्टागनमा लगेर
विस्फोट गराइयो । चौथो
विमानलाई अमेरिकी राष्ट्रपति भवन
ह्वाइट
हाउसमा लगेर
विस्फोट गराउने योजना थियो
। तर यात्रुहरूले
प्रतिरोध गरेकाले त्यो पेन्सलभेनियाको
साङ्क्सभाइलमा गएर ध्वस्त
भयो । कम्तीमा
पनि ३० खरब
नेपाली रुपियाँ बराबरको क्षति
भएको यस घातक
आक्रमणमा १९ जना
अपहरणकारीसहित जम्मजम्मी २,९९६
जनाले ज्यान गुमाएका
थिए ।
म्याकमिलन
र उनका एक
जना सहकर्मी ओर्लेर
तेर्हौँ
तलामा आइपुगे ।
यति बेलासम्म पुरै
भवन ढलिसकेको थियो
। उनलाई चोट
लाग्यो तर उनी
अझै जीवितै थिइन्
। उनी त्यहाँबाट
कतै जान सकिनन्
।
गगनचुम्बी
भवन ढलेको २७
घण्टा बितेपछि म्याकमिलनले
भग्नावशेषबाट आफ्नो हात बाहिर
निकाल्दा एक जना
पुरुषको आवाजलाई सुनिन् उनले,
“गेनेल, मैले तपाईंलाई
फेला पारेँ ।
मेरो नाउँ पावल
हो ।” पुरुषले
थपे, “तिमीलाई ठिक
हुनेछ । तिनीहरूले
तिमीलाई छिट्टै नै बाहिर
निकाल्नेछन् ।”
उनले
अरू आवाज पनि
सुनिन् । उनमा
आशा पलायो ।
अन्तत: उनको उद्धार
गरिएरै छाडियो । वल्र्ड ट्रेड सेन्टरबाट उद्धार
गरिनेहरूमध्येमा उनी सबैभन्दा
अन्तिम थिइन् । उद्धारपश्चात्
उनलाई अस्पतालमा भर्ना
गरियो । अस्पतालबाट
डिस्चार्ज हुनेबित्तिकै उनले तिन
ओटा कुरा गर्ने
थिइन् भनी उनले
परमेश्वरसित प्रतिज्ञा गरेकी थिइन्:
बप्तिस्मा लिने; आफ्नो बोई
फ्रेन्ड रोजरसित बिहे गर्ने
र आफूलाई पहिलो
पटक हात दिने
पावललाई फेला पार्ने
।
६
हप्ता अस्पतालमा बिताएपछि
म्याकमिलनले भग्नावशेषभित्र बसेर गरेका
दुई ओटा प्रतिज्ञालाई
पुरा गरिन् ।
उनले रोजरसित बिहे
गरिन् र बप्तिस्मा
लिइन् । तर
पावललाई भने उनले
कहिल्यै फेला पार्न
सकिनन् ।