तिनलाई
बेसरी ज्वरो आएको
थियो । तिनी
ओछ्यानमा पस्रिरहेका थिए ।
तिनको अवस्था झनै
नाजुक बन्दै गइरहको
थियो । तिनको
थुकमा रगत देखा
पर्यो
। डाक्टरलाई बोलाउनलाई
तिनीसित पैसा थिएन
।
तरै
पनि दोस्रो दिन
बित्नै लाग्दा पास्टरले डाक्टर
पठाए । डाक्टरले
जाँचे । तिनकाअनुसार
बिरामीमा क्षयरोगको सङ्क्रमण देखा
परेको थियो ।
तेस्रो
दिन तिनको अवस्था
झनै नाजुक बन्यो
। कुनै आशा
नै बाँकी थिएन
जस्तो देखियो ।
तिनले खोक्न सकेनन्
र तिनलाई सास
फेन पनि गार्हो
हुन थाल्यो ।
एक हप्तासम्मै तिनी
ओछ्यानमा त्यसै पस्रिरहे ।
तिनको ज्वरो पनि
बढेको थियो ।
तिनलाई आफ्नो अन्त्य नजिकिँदै
थियो भन्ने लाग्यो
। डाक्टरले तिनका
साथीहरूलाई सूचित गराउन अनुरोध
गरे ।
तर
तिनीसित एउटा सहारा
अझै बाँकी थियो:
प्रार्थना । सूर्य
पश्चिमतिर उदाउँदै थियो ।
तिनले आफ्नो सिरानीमा
त्यसको परावर्तनलाई देख्न सक्थे
। आफ्नो आखिरी
सासको प्रतीक्षा गर्दै
तिनले चार घण्टासम्म
प्रार्थना गरे ।
त्यसपछि तिनले एउटा रहस्यपूर्ण
अनुभव गरे ।
एउटा यस्तो अनुवभ
जसमा परमेश्वर तिनीभित्र
बास गर्नुभएको थियो
र तिनको वरिपरि
उपस्थित हुनुहुन्थ्यो । तिनले
महान् आनन्दको अनुभूति
गरे । तिनले
पुन: खोक्न सके
। ज्वरो कम
भएको थियो ।
मर्ने कुरोलाई तिनले
बिर्से । रातको
साँढे नौ बजे
डाक्टर आइपुगे । डाक्टर
निरुत्साही भए किनकि
बिरामी अवश्य मर्नेथिए भनी
डाक्टरले बिरामीको अन्तेष्टिको लागि
सर्टिफिकेट तयार पारिसकेका
थिए । तर
बिरामी बाँच्न सफल भए
। तिनको नाउँ
हो, तोयोहिको कागवा
। परमेश्वरले जापानी
भूमिमा तिनलाई असाधारण रूपमा
प्रयोग गर्नुभयो ।
ख्रीष्टाब्द
१८८८ मा जापानमा
जन्मेका कागवा ख्रीष्टियान शान्तिवादी,
सुधारक, उपन्यासकारसाथै श्रम अभियन्ता
हुन् । जापानी
अधिकारीहरूका उग्र आलोचना
र यदाकदा कारावासको
बाबजुत पनि तिनले
जीवनमा १५० ओटाभन्दा
बेसी पुस्तकहरू लेखे
। सामाजिक सुशासनमा
ख्रीष्टियान सिद्धान्तहरूलाई लागु गराउन
तिनी परिश्रमपूर्वक लागिरहे—
लेखेर, बोलेर र गरेर
। तिनले स्कुल,
अस्पतालसाथै मण्डलीहरू स्थापना गरेका
छन् ।